आइतबार , बैसाख ५, २०७८

डिम्याट खाताको संख्या २९ लाख पुग्यो, एक सातामै थपिए एक लाख बढि ?

डिम्याट खाताको संख्या २९ लाख पुग्यो, एक सातामै थपिए एक लाख बढि ?

७ फागुन, काठमाडौं । पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्यामा उल्लेख्य मात्रामा वृद्धि देखिएकाे छ । पछिल्लो एक सातामा डिम्याट खोल्नेको संख्या २९ लाख नाघेको छ ।

पछिल्लो एक सातामा एक लाख बढिले डिम्याट खाता खोलेका छन् । शेयरबजारमा निरन्तर सुधार आएपछि सार्वजनिक निष्काशनमा समेत सर्व साधारणको सहभागिता उच्च दरमा बढेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ब्रोकर कार्यालय देखि बैंकहरुमा डिम्याट खाता खोल्नेको लाइनले पनि शेयरबजारमा लगानीकर्ताको सहभागिता बढेको हो ।

साधारण शेयरमा आवेदन दिन देखि दोस्रो बजारमा कारोबार गर्नका लागि डिम्याट खाता अनिवार्य हुनुपर्छ । नेपाल रिइन्स्योन्स कम्पनीको साधारण शेयर निष्काशन पछि पनि आम सर्वसाधारणमा शेयर सम्बन्धी जानकारी तिब्र फैलिरहेको छ ।

नेपाल रिइन्स्योन्सको साधारण शेयरमा आवेदन दिएका लगानीकर्ता सबैले शेयर पाए । दोस्रो बजारमा पनि रिइन्स्योरेन्सको प्रतिकित्ता शेयर मूल्य १८ सय रुपैयाँसम्म पुगेको थियो ।

त्यसले गर्दा पनि सर्वसाधारणलाई शेयर बजारमा आकर्षित गरको हो । पछिल्लो समयमा परिवारको एक सदस्यलाई शेयर परेको खण्डमा सम्पूर्ण परिवारका सदस्यको नामबाट शेयर आवेदन दिनका लागि पनि डिम्याट खाता खोल्ने क्रम बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय