नेकपा विभाजन: ओलीको तिकडम र सेटिङले कस्तो रुप लेला ?
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १९:६:३९
७ फागुन, काठमाडौं । राजनीतिक रुपमा ठूलै अपराध गरेको भएपनि प्रधानमन्त्री केपी ओली गलेका छैनन् । दुनियाँले ओलीबाट असंवैधानिक कदममार्फत प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । साथै यस विषयमा सर्वाेच्च अदालतमा सुनुवाई जारी छ । सम्भवतः अर्काे साता भित्रै न्यायालयले यसबारे अन्तिम फैसला सुनाउने छ । तर ओलीको दम्भ र शैली भने अझै अनुदार र हेपाहा देखिन्छ ।
राज्यका सबै संयन्त्र लगभग ओलीमय बनेका छन् । ओलीको छायाँ संवैधानिक निकायहरुमा समेत परेको अनुभूति गर्नेहरु धेरै छन् । चाहे अख्तियार अनुसन्धान आयोग होस् वा निर्वाचन आयोग, सबै ओलीकै इशारामा चलेको देखिन्छ । यही आधार र प्रवृत्तिलाई मान्दा ओलीको बोली सर्वाेच्च अदालतमा समेत चर्काे गरी सुनिने अवस्था छ ।
प्रधानमन्त्री ओलीका अभिव्यक्ति र कार्यशैलीले यस्तो सम्भावनालाई बलियो बनाइदिएको छ । आगामी साता सर्वाेच्चले फैसला सुनाउने लगभग निश्चित छ । उक्त फैसलाले नै देशको राजनीतिक परिदृश्यलाई प्रभाव पार्ने अवस्था रहेको छ । संविधानका ज्ञाताहरु भन्छन्– वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिएको छैन् ।
तर प्रधानमन्त्रीका केही कानून व्यवसायी भने संवैधानिक व्यवस्था भन्दा राष्ट्रिय अन्तराष्ट्रिय अभ्यासलाई देखाएर अधिकार भएको तर्क गरिरहेका छन् । रिट निवेदकका तर्फबाट गरिएका बहस पैरवीमा संविधानमा कहीं कतै त्यस्तो अवशिष्ठ अधिकार नरहेको प्रष्ट गर्छन् । अदालतलाई सहयोग गर्न पुगेका एमिकस क्यूरीहरु मध्ये अधिकांशले प्रधानमन्त्रीलाई विघटनको कुनै अधिकार नरहेको तर्क गरेका छन् ।
यसरी सबैतिरबाट गरिएका तर्क र बहसले प्रधानमन्त्रीको कदम संवैधानिक नरहेकै पुष्टि गर्छ । यद्यपि यसको अन्तिम छिनोफानो भने सर्वाेच्चले गर्ने व्याख्याबाटै हुने हो । ओलीले भने जस्तो गरी सर्वाच्चले फैसला गर्ने सम्भावना कमै मात्र रहेको स्वतन्त्र विचार राख्नेहरुले समेत व्यक्त गरेका छन् ।
प्रधानन्यायाधीशप्रति ओलीले बढी नै विश्वास गरेकाले पनि सेटिङ लगायतका चर्चा हुने गर्छन् । तर प्रधानन्यायाधीश एक्लैले गर्न सक्ने केही छैन । पाँच जनाको संवैधानिक इजलाशले गर्ने फैसला व्यक्ति विशेषको चाहना वा लहडमा हुन सक्दैन । ओलीकै कदमलाई सदर गर्नपनि टेक्ने आधार त हुनैपर्छ ।
त्यस्तो आधार संविधानमा भएको पाइँदैन । त्यसैले हरेक दृष्टिले प्रतिनिधिसभा व्यूँतिनुको विकल्प देखिएको छैन । यति हुँदापनि ओलीको दम्भ भने कतै खस्किएको पाइँदैन् । खासगरी ओलीको निरंकुशताविरुद्ध अहिले सडक आन्दोलनमा रहेको उनकै पूर्व सहधर्मीहरु नै यसको कारक मान्नेहरु पनि प्रशस्त पाइन्छन् । ओलीलाई पार्टीले बेलैमा नियन्त्रित गर्न सकेको भए आजको अवस्था आउने थिएन । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालकै कारण आज ओलीको एकतन्त्र हावी भएको हो । सर्पलाई दूध ख्वाएर पालेको अवस्था यतिबेला प्रचण्ड–माधवलाई भएको छ ।
प्रचण्ड – माधवको रडाको पद र सत्ताका लागि थियो । त्यसैले ओली पनि डगेनन् । बरु उनले आफ्नो हातमा आएको सत्ता अरुलाई नदिने अडान दोह¥याई रहे । प्रचण्ड–माधवको कमजोरी राम्ररी छामेका ओलीले बरु पेल्नेतिरै आफूलाई अग्रसर गराए । जसले गर्दा उनी कमजोर भएपनि आक्रमक बन्न सके । प्रचण्ड– ओली प्रवृत्तिलाई जनताले पनि साथ दिएको छैन । नेपाली जनतालाई थाहा छ–ओलीले प्रजातन्त्र र संविधानको हुर्मत लिएका छन् । तर उनको ठाउँमा प्रचण्ड वा माधवलाई स्थापना गर्न भने जनता चाहँदैन । त्यसैले ओलीविरुद्धको सडक आन्दोलनले गति लिन सकेको छैन । त्यसमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दोधारे नीतिले ओलीलाई थप बलियो बनाइ दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापन इतर पक्षबीचको दुईलाइन धारले ओली नै बलिया भएका छन् । कानूनी, नैतिक र व्यवहारिक सबै कोणबाट गलत भएपनि ओली अझै आक्रमक बनिरहेका छन् । किनभने ओलीविरुद्ध आन्दोलन गर्ने दल र नेताहरुको हैसियत र ल्याकत जनताले बुझेका छन् । जबसम्म काठमाडौंका जनता सडकमा आउने अवस्था निर्माण हुँदैन ,तबसम्म जस्तोसुकै आन्दोलन पनि प्रभावशून्य हुने इतिहास रहेको छ । अहिले राजधानीबासीलाई आन्दोलनप्रति खासै रुचि र आकर्षण रहेको देखिंदैन ।
ओलीलाई कमजोर तुल्याउन प्रचण्ड–माधव पक्षले सकेसम्मको तयारी गरेको छ । तर राज्यसंयन्त्र प्रतिकूल भएकाले हुनुपर्ने कामसमेत भएका छैनन् । पार्टी केन्द्रीय कमिटीको दुईतिहाई सदस्यले ओलीलाई पार्टीबाट निष्काशन गरेको र अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको सूचना निर्वाचन आयोगलाई दिंदासमेत सुनुवाई भएको छैन । पार्टीको आधिकारिकता र चुनाव चिह्न समेत फ्रिज गर्ने तयारी गरेको अवस्था छ । आयोगले ओलीकै इशारामा यो काम गरेको बुझ्न गाह्रो छैन ।
आयोगले पार्टी आधिकारिकता र चुनाव चिह्न ओलीलाई दिन सक्ने आधार नभएकाले नै फ्रिज गर्ने रणनीति बनाएको हो । यसको छनक प्रचण्ड–माधव समूहले पाइसकेको छ । त्यसैले आज सबै पार्टी केन्द्रीय सदस्यहरुलाई नागरिकता प्रमाणपत्रसहित आज कार्यालयमा बोलाइएको छ । साथै, आजै केन्द्रीय कमिटीको आकस्मिक बैठक बसेर आयोगमा सशरीर पुग्ने तयारी गरको छ ।
यस प्रयोजनका लागि आजै केन्द्रीय कमिटी बैठक डाकिएको छ । कांग्रेससँग मिलेर आन्दोलन गर्न प्रस्ताव गर्दा पार्टीको आधिकारिकता नटुंगिएसम्म आन्दोलन गर्न सक्ने अवस्था नरहेको भनिएकाले पनि आधिकारिकता अपरिहार्य बनेको हो ।
नेपाली कांग्रेससँग मिलेर गरेको आन्दोनलले मात्रै राष्ट्रिय अन्तराष्ट्रिय समर्थन पाउने कुरा प्रचण्ड–माधवलाई ज्ञात छ । त्यसैले पनि आयोगबाट आधिकारिकता प्राप्त गर्नु यो समूहका लागि जीवनमरणको सवाल बनेको देखिन्छ । तर ओलीको तिकडम र सेटिङले कस्तो रुप लिने हो, त्यो भने अझै भन्न सकिने स्थिति चाहिं छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार