आईपीएल अक्सनबाट सर्वाधिक मूल्यका पाँच महँगा खेलाडी
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १९:३४:११
७ फागुन, एजेन्सी । भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग ‘आईपीएल’ टी-ट्वान्टी क्रिकेटको अक्सन सम्पन्न भएको छ । चेन्नईमा आयोजना भएको आईपीएल अक्सन २०२१ बाट फ्रेन्चाईज टिमले आवश्यक खेलाडी खरिद गरेका छन् ।
अक्सनबाट विभिन्न फ्रेन्चाईज टिमले महँगो मूल्य तिरेर खेलाडी अनुबन्ध गरेका छन् । आईपीएल अक्सन २०२१ बाट सर्वाधिक मूल्यमा बिक्री भएका पाँच खेलाडीबारे तल चर्चा गरिएको छ ।
१ . क्रिस मोरिस
दक्षिण अफ्रीकाका अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग ‘आईपीएल’ टी-ट्वान्टी क्रिकेट इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् ।
चेन्नईमा भएको अक्सनबाट मोरिस सर्वाधिक महँगा खेलाडी बनेका हुन् । मोरिसलाई अक्सनबाट राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरिद गरेको छ । जुन मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो । मोरिसको न्युनतम मूल्य ७५ लाख रहेको थियो । यस अघि युवराज सिंह महँगा खेलाडी थिए । उनको मूल्य १६ करोड भारु थियो ।
२. केली जेमिसन
न्युजिल्याण्डका बलर केली जेमिसन सर्वाधिक महँगो मूल्यमा अनुबन्धित हुने दोस्रो खेलाडी हुन् । जेमिसनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १५ करोड भारुमा खरिद गरेको छ । उनको न्युनतम मूल्य ७५ लाख रहेको थियो ।
३. ग्लेन म्याक्सवेल
अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेल सर्वाधिक मूल्यमा अनुबन्धित हुने तेस्रो खेलाडी हुन् । अक्सनबाट म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंगलोरले १४ करोड २५ लाख भारुमा खरिद गरेको छ । उनको न्युनतम मूल्य २ करोड भारु रहेको थियो ।
४. एभन रिचार्डसन
अष्ट्रेलियाका बलर रिचार्डसन सर्वाधिक मूल्यमा अनुबन्धित हुने चौंथो खेलाडी हुन् । पन्जाब किङ्सले रिचार्डसनलाई १४ करोडमा खरिद गरेको छ । उनको न्युनतम मूल्य १ करोड ५० लाख रहेको थियो ।
५. कृष्णप्पा गौथम
भारतका अलराउण्डर कृष्णप्पा गौथम सर्वाधिक मूल्यमा अनुबन्धित हुने पाँचौ खेलाडी हुन् । उनलाई चेन्नई सुपर किङ्सले ९ करोड २५ लाखमा खरिद गरेको छ । गौथमको न्युनतम मूल्य २० लाख भारु रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईपीएलमा आज पञ्जाव र मुम्बईको खेल हुँदै
बैशाख ६, २०८१ बिहिबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार