गण्डकी प्रदेश मगर बिद्यार्थी संघको संयोजकमा सञ्जय आले निर्वाचित
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १९:५९:५५
७ फागुन, पोखरा । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मगर संघको गण्डकी प्रदेश भेलाले सञ्जय आले मगर लभसानको संयोजकत्वमा राष्ट्रिय मगर बिद्यार्थी संघ गण्डकी प्रदेश समिति गठन गरेको छ । हिजो विहीबार सम्पन्न सो भेलाले आलेलाई सर्वसम्मत संयोजक चयन गर्दै २३ सदस्यीय कार्य समितिको गठन गरेको हो ।
पृथ्वीनारायण क्याम्पस पाेखरामा स्नातक प्रथम बर्षमा अध्ययनरत लभसान नेपाल बिद्यार्थी संघका सक्रिय कार्यकर्ता हुन् । पूख्यौली घर स्याङ्जा रहेका आलेले आफूले पाएको जिम्मेवारीलाई नेपाली कांग्रेस र मगर बिद्यार्थीको हितमा सक्दो प्रयोग गर्ने बताए ।
मगर समुदायका युवा बिद्यार्थीहरुलाई नेपालको एकमात्र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा गोलबद्ध गर्ने अभियानमा लाग्ने बताउँदै लभसानले गण्डकी प्रदेशभरमा नेपाली कांग्रेसलाई अझ दरिलो र प्रभावकारी पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल तरुण दल स्याङ्जाको नेता एवं युवा व्यवसायी अनिल खाँड ठकुरीले लभसानलाई कार्यकाल सफलताको शुभकामना दिदै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए ।
गण्डकी प्रदेश मगर संघका अध्यक्ष बमबहादुर पुन मगरको अध्यक्षतामा भएको हिजोको सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भई शुभकामना प्रकट गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार