आजदेखि रासस ६० औँ वर्षमा प्रवेश
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २०:३३:३०
७ फागुन, काठमाडौं । राज्यको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति ‘रासस’ आज ६० औँ वर्षमा प्रवेश गरेको छ । यस वर्षलाई राससले हीरक वर्षको रुपमा मनाउने भएको छ । प्रमुख अतिथि रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्षिकोत्सव समारोहको उद्घाटन गरे ।
हीरक वर्ष शुभारम्भका अवसरमा आज यहाँ विशेष समारोहको आयोजना गरी राससमा अविच्छिन्न २० वर्ष स्थायी सेवा गरेका १२ जना कर्मचारीसहित समाचार, आलेख र फोटोमा उत्कृष्ट योगदान गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम छ । निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर २०१८ फागुन ७ गते रासस स्थापना भएको हो ।
‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । विसं २०१७ फागुन ७ गते ‘१८ फेब्रुअरी १९६२’ निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो । ‘रासस ऐन, २०१९’ जारी भएपछि राष्ट्रिय समाचार समिति एउटा अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा क्रियाशील छ ।
राससका संस्थापक रामराज पौड्याल हुन् । उनको अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य छन । राससले हाल मुलुकको सङ्घीय संरचनाअनुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । वाग्मती र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा राससका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय भवन छन् ।
फ्रान्सका अनुवादक तथा विज्ञापन व्यवसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स प्रेस स्थापना गरी समाचार समिति पत्रकारिताको जग बसालेका थिए । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । झण्डै २०० को सङ्ख्यामा टेलिभिजन र केवल टेलिभिजन दर्ता भई १०० का हाराहारीमा सञ्चालनमा रहेको अवस्थामा राससले ‘श्रव्यदृश्य’ सेवा पनि निकट भविष्यमा नै शुरु गर्दै छ ।
राससले नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय समाचार, आलेख, श्रव्य, तस्वीरलगायत सामग्रीमार्फत सेवा प्रदान गर्दै आएको छ । आधिकारिक, विश्वसनीय, सन्तुलित र तथ्यपूर्ण समाचार सम्प्रेषण नै राससको मूल मन्त्र हो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङबाट रासस हीरक वर्ष प्रवेशका अवसरमा प्राप्त शुभकामना सन्देशमा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालको विकास र समृद्धिलाई गति दिन राससजस्तो देशव्यापी सञ्जाल भएको समाचार समितिको भूमिका अहं भूमिका हुने उल्लेख छ ।
आज केन्द्रीय कार्यालय, भद्रकालीमा हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङबाटबाट सम्मान र पुरस्कार प्रदान हुँदैछ । समारोहमा उत्कृष्ट छनोट भएका समाचारदाताका साथै आलेख र तस्वीर विधामा पुरस्कार प्रदान गरिँदैछ ।
राससले समाचार, सूचना र विचार प्रकाशन तथा प्रसारण माध्यमलाई उपलब्ध गर्ने मात्र नभई राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अझ मजबुत बनाउन पनि अग्रणी भूमिका खेलेको छ । राससले समाजमा पछि परेका समुदायलाई मूल प्रवाहमा ल्याउन उनीहरूका भावनालाई पनि प्राथमिकता दिँदै आएको छ ।
मुलुकका कुनाकन्दरामा दबिएका आवाजविहीनको आवाजको प्रतिनिधित्व गर्नुलाई आफ्नो मुख्य धर्म मान्दै आएको राससले सरकारी कामकारवाहीको कमजोरी औँल्याउने, पारदर्शी बनाउने र सुशासनलाई बढावा दिँदै मुलुकको सामाजिक, सांस्कृतिक एवं आर्थिकलगायत सबै पक्षलाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको छ ।
राससका अधिकांश समाचार सेवाले जनताको दैनिक जीविकासँग सरोकार राख्ने जनचासोका विषयलाई उच्च महत्व दिएको हुन्छ । रासस नाफामूलक नभई सेवामूलक ढङ्गबाट सञ्चालन भएकाले यसले जहिले पनि जनचासो र अभिरुचिका विषयलाई महत्व दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार