नगरपालिकाले कृषिमा लगानी बढाउँदै
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २०:३६:२१
७ फागुन, कञ्चनपुर । कृषिलाई आधुनिकीकरण गरी कम लागतमै बढी उत्पादन बढाउन भीमदत्त नगरपालिकाले कृषिमा लगानी बढाउँदै लैजान थालेको छ । तीन वर्षका अवधिमै नगरपालिकाले कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न, किसानलाई कृषियन्त्र उपलब्ध गराउन, मलखाद, बीउ र प्रविधिमा गरी रु एक करोड ९१ लाख दुई हजार ६२० रकम अनुदानका रुपमा किसानलाई उपलब्ध गराएको छ ।
आव २०७४.७५ मा रु दुई लाख ५५ हजार ६२०, आव २०७५.७६ मा रु ५४ लाख ४७ हजार र आव २०७६र७७ मा रु एक करोड ३४ लाख रकम तीन वर्षको अवधिमा लगानी गरिएको छ । किसानलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले उन्नतजातको गहँु बीउ दुई हजर ४०० किसानलाई वितरण गरिएकोमा जसबाट १७७ मेट्रिक टन गहँु उत्पादन भएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।
उहाँका अनुसार च्याउ उत्पादन बढाउन ७५५ लाई अनुदानमा बीउ उपलब्ध गराई जसको उत्पादन ८७५ किलो भएको छ । नयाँ तीन हजार ५०० किसान च्याउ खेतीमा आवद्ध भएका छन् । मह उत्पादन बढाउन घारमा तथा माछामा आत्मनिर्भर बनाउन किसानलाई पोखरीलगायत पूर्वाधार निर्माणका लागि अनुदान रकम उपलब्ध गराएको छ । “केराखेतीमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ”, उनले भने, “अनुदान पाएका किसानले ९६ हेक्टर क्षेत्रफलमा केराखेती गरेका छन् । दुई लाख फलफूल तथा तरकारीका बिरुवा उत्पादन गरी ३५ हजार घरधुरीलाई वितरणसमेत गरेका छौँ ।” नगरपालिकाले कृषिमा आत्मनिर्भरता कायम गर्ने तथा आयात प्रतिस्थापन गर्दै लैजाने नीति लिएको छ ।
आव २०७४र७५ मा नगरपालिकाले आफ्नै लगानीमा दुई ठाउँमा बेमौसमी तरकारी खेतीका लागि ६० हजार बेर्ना उत्पादन गरी दुई हजार ५०० किसानलाई निःशुल्क वितरण गरेको थियो । सोही आवमा पाँच बिघा क्षेत्रफलमा गरिएको केरा खेतीमा थोपा सिँचाइका लागि किसानलाई अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाको कृषि शाखाका कर्मचारीको भनाइ छ ।
“दश बिघा क्षेत्रफलमा नयाँ मत्स्य पोखरी निर्माण गरी ४०० क्विन्टल माछा उत्पादन गरिएको थियो”, शाखाका कर्मचारीले भन्नुभयो । नगरपालिकाकै सहयोगमा किसानले ५०० आधुनिक मौरी घार निर्माण गरिएकोमा सोबाट एक हजार किलोमह उत्पादन भई रु पाँच लाख बराबरको आयआर्जन गरिएको छ । आवश्यकताका आधारमा सोही अवधिमा किसानलाई घुम्ती तालीमसमेत दिईएको थियो ।
“आव २०७५.७६ मा कृषिउपजको उत्पादन भण्डारण र बजारीकरणको व्यवस्था गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने नीति ल्यायौँ”, नगर प्रमुख बिष्टले भने, “कृषि उत्पादनमा रासायनिक मल तथा हानीकारक कीटनाशक औषधिको प्रयोगलाई निरुत्साहित गर्दै जलवायुमैत्री, आइपिएम तथा अर्गानिक तरकारी खेती विस्तार कार्यलाई प्रोत्साहन गरेका छौँ ।” नगरपालिकामा बसोवास गर्ने २४ किसानलाई ४५ कट्टामा लसुन खेतीका लागि अनुदान रकम उपलब्ध गराई एक हजार ५०० किलो लसुन उत्पादन गरिएको छ ।
सोही अवधिमा ३२ कट्टामा प्याज उत्पादनका लागि अनुदान रकम उपलब्ध गराई एक हजार ६०० किलो प्याज उत्पादन गरिएको छ । निर्धारित लक्ष्यअनुसार २५० स्थानको माटो परीक्षण गरी खाद्यतत्वको उचित व्यवस्थापन गर्न माटो सुहाउँदो खाद्य तथा नगदे बाली खेतीमा जोड दिने कार्यसमेत गरिएको छ । गोठ सुधार कार्यक्रमअन्तर्गत २५ कृषकलाई अनुदान दिइएको छ । आव २०७४र७५ अनुदान पाएका किसानले ५०० क्विन्टल माछा उत्पादनसँगै ४० जनालाई रोजगारी दिएका छन् ।
माटो सुहाउँदो खेती गरी आम्दानी गर्नका लागि आव ०७६र७७ मा एक वडा एक कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको छ । जुन कार्यक्रम चालु आवमा समेत सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत वडा नं २, १० र १९ मा पाँच बिघा जग्गामा दुई हजार ६४० कागतीका बोट र वडा नं ९ र १९ मा १५ कट्टामा एक हजार २४५ मेवाका बोट खेती गरी २५ जनालाई रोजगारी दिइएको छ ।
कृषि यान्त्रीकरणका लागि कम्बाइन मिल दुई थान, धान चुट्ने थ्रेसर चार थान, मल्टिप्रपोज पावर टिलर एक थान र हाते धान काट्ने मेसिन एक थानसमेत किसानलाई वितरण गरिएको छ । माटोको गुणस्तर सुधार गरी बालीको गुणस्तर तथा उत्पादन बढाउन ४२ बिघा जमिनमा १२ हजार ६४० लिटर गहुत सङ्कलन हुने गरी गोठ सुधार गरिएकोछ ।
आइपिएम तथा बेमौसमी अर्गानिक तरकारी खेतीका लागि पाँच जना कृषकलाई फलामे घर निर्माण गरिएको छ । वडा नं २ र १४ मा सोलार ड्रायर निर्माण गरिएको छ । ७३ जना कृषकको १७ दशमलव ९ हेक्टर जमिनमा सिँचाइको सुविधा पु¥याइएको छ । स्थानीय कृषि तथा पशुजन्यउपजको प्रवद्र्धनका लागि कृषि मेला आयोजना गरी २४ जना किसानलाई गत वर्ष सम्मानित गरिएको थियो । किसान नेता शहीद भीमदत्त पन्तको स्मृतिमा स्थापना गरिएको भीमदत्त पन्त किसान पुरस्कारलाई कृषि क्षेत्रका उत्कृष्ट व्यावसायिक किसानलाई वितरण गरिएको छ । चालु आवमा नगरपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन आवश्यकताका आधारमा बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख विष्टको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने
चैत २९, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार