बिहिबार , बैसाख २, २०७८

कांग्रेस नेता मित्रसेन दाहालको निधन

कांग्रेस नेता मित्रसेन दाहालको निधन

७ फागुन, काठमाडौं । लोकतान्त्रिक आन्दोलनका सिपाहीका रुपमा छवि बनाएका वरिष्ठ समाजसेवी मित्रसेन दाहालको आज बिहान काठमाडौंमा निधन भएको छ । नेपाली कांग्रेस ओखलढुंगाका महासमिति सदस्यसमेत रहेका दाहालको बिहान पौन १० बजे उपचारकै क्रममा ओम अस्पतालमा निधन भएको उनका भाई लीला दाहालले बताए ।

लामो समय मृगौला रोगबाट पीडित दाहालको आज हृदयघातका कारण निधन भएको हो । २०१९ सालमा ओखलढुँगाको बरुणेश्वर गाउँमा जम्एिका दाहाल ०४२ सालमा सत्याग्रह आन्दोनलका बेला डेढ वर्ष जेल परेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दाहालको निधनप्रति पार्टीले शोक सन्देश जारी गरेको छ । सभापति शेरबहादुर देउवाले दाहालको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताएका छन् । उनको पार्थिव शरीर बेलुकी ३ बजे दाहसंकारका लागि आर्यघाट लगिने पनि भाइ लीलाले जानकारी दिए । स्वर्गीय दाहालका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय