शुक्रबार , बैसाख ३, २०७८

डीआईजी दाहालका घुमुवा डीएसपी प्रेम भण्डारीमार्फत पूर्वमा सेटिङ

डीआईजी दाहालका घुमुवा डीएसपी प्रेम भण्डारीमार्फत पूर्वमा सेटिङ

७ फागुन, विराटनगर । सशस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख, बराह बाहिनीका बाहिनीपति (डीआईजी) बंशीराज दाहाल सरुवा भएर आए लगत्तै आफ्ना घुमुवामार्फत तस्करीको लाइन खुलाएकाे बताइएकाे छ ।

समाचार स्राेतका अनुसार आएकाे एक महिनादेखि विराटनगर, सुनसरी, झापा, इलाम लगायतका बोर्डर आउट पोष्टहरुमा उनले तस्करीको लाइन मिलाएका हुन् । डीआईजी मन्दीप श्रेष्ठको सरुवापछि सशस्त्र प्रहरी महानिरीक्षकसँग नजिक सम्बन्धलाई भजाएर बराह बाहिनी प्रमुख भएका दाहालले  आफु मातहतका ४२ वटा वीओपीमार्फत महिनावारी  रकम असुल उपर गरिरहेकाे स्राेतले जानकारी दिएकाे छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

खासगरी बंगलादेशबाट नेपाल आएको सुपारी र मरिच भारततर्फ निकासी गर्ने गर्नेक्रममा झापामा सशस्त्र प्रहरी बल प्रमुख एसपी रमेश पाण्डेलाई थाहै नदिई दाहालका घुमुवाको रुपमा काम गर्ने डीएसपी प्रेम भण्डारीमार्फत तस्करी सेटिङ भइरहेकाे छ ।

सशस्त्र प्रहरी बल कै एक स्राेतले दिएकाे जानकारी अनुसार डीआईजी दाहालको खास घुमुवा रुपमा काम गर्ने भण्डारीले पूर्वका ४२ वटै बीओपीबाट मासिक रकम उठाउने गरेका छन् । खासगरी मसलन्दवापत जाने महिनाको २६ हजार रुपैयाँ समेत बीओपीमा रहेका प्रहरी निरीक्षकले सुग्न पनि पाउँदैनन् ।

बाहिनीपतिको आदेश भन्दै जिल्लामा रहेको लेखा अधिकृतले भौचरमा सही गराएर डीआईजी दाहालले झ्वाम पार्ने गरेकाे साे स्राेतकाे भनाइ छ । नेपाल प्रहरी लुम्बनी प्रदेशका प्रहरी प्रमुख रविन्द्र धानुकको सेटिङमार्फत १ नं प्रदेश हुँदै झापा पुर्याइएका गोरुलाई वंगालदेश पठाउनका लागि सशस्त्र प्रहरीका डीआईजी दाहालको मुख्यभूमिका रहेको बताइएकाे छ ।

दाहालले जिल्लाका सबै बीओपीहरुको सेटिङका लागि छुट्टाछुट्टै घुमुवाहरु परिचालन गर्ने गरेको स्रोतको दावी छ । स्रोतका अनुसार प्रदेश नम्बर एकमा ५० वटा बीओपी पुर्याउने लक्ष्य राखेका दाहालले बीओपी भवन निर्माणमा समेत विशेष चासो राख्दै आएका छन् ।

हालसम्म प्रदेश १ मा ४२ वटा बीओपी स्थापना भइसकेका छन्, भने ८ वटा बीओपी स्थापना गर्ने क्रममा रहेकाले ती भवन निर्माणको ठेक्कामा पनि उनको चासो रहेको छ । ‘धेरै जसो डीआईजी दाहाल आफैले चासो लिने भएकाले भवन निर्माणमा खासै टेण्डर हुने अवस्था देखिदैन, मर्मत संभारको नाम दिएर कोटेशनमा काम गराउने अवस्था छ’, बराह बाहिनीका एक अधिकारीले भने ।

उनका अनुसार डीआईजी कार्यालयमा बस्ने भन्दा पनि धेरै जसो समय प्रदेश १ का व्यापारीहरुसँग होटलमै बस्ने गरेका छन् । संखुवासभा स्थायी घर भएका डीआईजी दाहालले बीओपी इन्चार्जको रुपमा पूर्वकै प्रहरी निरीक्षकलाई खटाएका छन् । ‘उहाँले हामीलाई जिम्मेवारी त दिनु भएको छ तर के गर्ने मसलन्द वापतको पैसा समेत पाइदैन’, एक प्रहरी निरीक्षकले भने ।

उनका अनुसार डीआईजीकै आदेश छ भन्ने नाममा भरपाईमा सही गरेर रकम जिल्लामै छाड्ने गरिएको छ । १ नं प्रदेशमा बीओपी स्थापनाका लागि अहिले २४ स्थान स्वीकृत छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय