पाकिस्तानकाे आक्रमणमा पाँच सैनिकको मृत्यु, एक घाइते
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २१:७:१८
७ फागुन, इस्लामाबाद । पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ ।सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक गम्भीर घाइते भएका छन् ।
सेनाले उक्त इलाकामा थप सैनिक परिचालन गरी आक्रमणकारीको खोजी कार्यलाई तिब्र बनाएको जनाएको छ । उक्त आक्रमणको जिम्मेवारी पाकिस्तानी तेहरिक–ए–तालिबानीले लिएको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको दक्षिणी वजिरिस्तान हतियारधारी विद्रोहीहरुको गढका रुपमा चिनिन्छ । तर सरकारले व्यापक सैनिक परिचालन गरी त्यस क्षेत्रमा सक्रिय विद्रोहीलाई निस्तेज बनाउँदै लगेको छ ।
तैपनि, विद्रोहीहरुले बेलाबखत उक्त क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् । यसै महिनाको शुरुमा पनि दक्षिणी वजिरिस्तानमा सुरक्षाफौज र लडाकूबीच गोली हानाहान भएको थियो । उक्त घटनामा चार जना विद्रोही र चार जना सैनिकको ज्यान गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार