राससको ६० औँ वार्षिकोत्सवमा राससकर्मी पुरस्कृत
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २१:६:२७
७ फागुन, काठमाडौं । राष्ट्रिय समाचार समिति राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्ष प्रवेशका अवसरमा वर्षभर उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन् । रासस केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ती पुरस्कार प्रदान गरे ।
नेपाल पत्रकार महासंघ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ सम्पादक श्रीमती मोहिनी मिश्र रिसाल ‘केन्द्रीय कार्यालय’ र उपसमाचारदाता वीरेन्द्रनारायण कर्ण ‘रासस वीरगञ्ज कार्यालय प्रमुख’ले प्राप्त गरे । पुरस्कारको राशि जनही रु १० हजार छ । त्यसैगरी महासंघले मनीन्द्रलाल श्रेष्ठ ‘राससका पूर्व कर्मचारी’ र श्री शरच्चन्द्र भण्डारी ‘उपप्रमुख समाचारदाता, रासस केन्द्रीय कार्यालय’ लाई विशेष सम्मान गरेको छ ।
यस वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ स्थानीय समाचारदाता ‘स्ट्रिङ्गर’ रवीन्द्र काफ्ले ‘पाँचथर’ लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ७ हजार ५०० छ । सो पुरस्कार रासस कार्यालय तुल्सीपुर, दाङका प्रमुख नारायणी रजौरेले आफ्ना मातापिता र भाइका स्मृतिमा स्थापना गरे ।
रासस कर्मचारी संघले स्थापना गरेको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा ‘रासस प्रदेश नं २ कार्यालय, जनकपुर’ र कार्यालय सहयोगी खिलप्रसाद दाहाल ‘रासस केन्द्रीय कार्यालय’ लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार छ । त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ दीपराज सन्याल ‘अङ्ग्रेजी समाचार प्रमुख’ र राजेशकुमार श्रेष्ठ ‘उपव्यवस्थापक, लेखा शाखा’ लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार