सोमबार , बैसाख ६, २०७८

कांग्रेस प्रदेश सरकार विरुद्ध उभिने : वरिष्ठ नेता पौडेल

कांग्रेस प्रदेश सरकार विरुद्ध उभिने : वरिष्ठ नेता पौडेल

७ फागुन, विराटनगर । राजनीतिक रुपमा विभाजित नेकपा कानूनी रुपमा एउटै रहेको निर्वाचन आयोगको ठहर छ । जसले गर्दा बहुमतको शक्ति भएपनि प्रचण्ड – माधव समूह निरीह देखिएका छन् । कानूनी रुपमा विभाजित नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेत यो समूहसँग मिलेर आन्दोलन गर्न मानिरहेको छैन ।

यही कारणले गर्दा प्रदेश सरकारविरुद्ध आएका अविश्वास प्रस्ताव अलपत्र परेको छ । गत पुष १२ गते प्रचण्ड–माधव पक्षले प्रदेश नं. १ र बाग्मती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गरेको छ । दुई महिना समय व्यतित भइसक्दासमेत यो प्रकरणले कुनै निकास पाएको छैन । त्यसको प्रमुख कारण मध्ये एउटा हाे , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको बेमेल ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कांग्रेस संस्थापन पक्षले प्रधानमन्त्री ओली पक्षलाई सघाउने नीति बनाएको छ, जबकी इतर पक्षले प्रतिपक्षीय भूमिका निर्वाह गर्न कांग्रेस चुक्नु हुँदैन भन्ने अडान राखेको छ । कांग्रेस भित्रको यही द्विविधाको फाइदा ओली पक्षले उठाएको पाइन्छ । तर अब भने यस्तो अलमलको अवस्था नरहने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले मात्रै चाहेर प्रदेश सरकार नजोगिने धारणा व्यक्त गरेका छन् ।

पार्टी संगठन विस्तारका लागि आजबाट साताव्यापी पूर्व क्षेत्रको भ्रमणमा निस्किएका पौडेलले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने– अब ओलीको प्रदेश सभा देउवाजीले थेग्न सक्नुहुन्न । सभापतिजीले चाहेकै भरमा प्रदेश सरकार जोगिने अवस्था छैन भन्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निर्वाह गर्ने प्रष्ट पारे ।

सरकारविरुद्ध आउने प्रस्ताव पारित गर्नु प्रतिपक्षको धर्म र कर्तव्य पनि हो, त्यसैले अब कसैले चाहँदैमा प्रदेश सरकार जोगिने अवस्था छैन – उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय