‘देश आन्दोलित र अस्थिर बन्दैछ’– लोहनी
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २२:३६:२३
७ फागुन, दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आन्दोलित र अस्थिर हँुदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विद्यमान समस्या समाधान गर्न गोलमेच सम्मेलन र संवाद आवश्यक भएको उनले बताएका छन् ।
‘देश आन्दोलित र अस्थिर बन्दैछ । यो स्थितिप्रति राप्रपा चिन्तित छ । यो किन भइरहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बुँदामा सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुदै गएको छ,’ राप्रपा अध्यक्ष लोहनीले भने ।
‘यस परिवेशमा संविधान भित्रको राजसंस्था र सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्रको साथर्कता पहिलेभन्दा पनि जरुरी भएको छ । यसबारे छलफल र विचार गर्नुपर्छ भन्ने पुर्वप्रधानमन्त्री डा. वावुराम भट्टराईको हालैको भनाइलाई सबै पक्षले सकारात्मक रुपमा लिनु पर्दछ,’ उनले शुक्रबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने ।
राजनीतिक समस्या समाधान भयो, अब समृद्धिको युग सुरुवात हुनेछ भनि तीन वर्ष अगाडि जनतालाई भनिएको थियो तर परिस्थिति ठिक उल्टो भएको छ । देशको राजनीति अस्थिर र अन्योलपुर्ण छ । सरकारको गराइ र भनाइ विल्कूल फरक छ, लोहनीले भने ।
कानुन र संविधान सत्ता स्वार्थको हतियार भएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘नारा प्रजातन्त्रको छ तर व्यवहार अधिनायकवाद र सर्वसत्तावादउन्मुख छ,’ अध्यक्ष लोहनीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार