आइतबार , बैसाख ५, २०७८

आज थप ९७ जना कोरोना संक्रमित थपिए

आज थप ९७ जना कोरोना संक्रमित थपिए

७ फागुन, काठमाडौं । शुक्रबार नेपालमा थप ९७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा झापामा १, पर्सामा १, काठमाडौंमा २३, चितवनमा २३, धादिङमा १, भक्तपुरमा ६ र ललितपुरमा ५ जना संक्रमित थपिएका छन्।

यस्तै कास्कीमा १६, तनहुँका १, नवलपरासीपुर्वमा ३, बागलुङमा २, अर्घाखाँचीमा १, दाङमा १, नवलपरासीमा १, पाल्पामा १, बाँकेमा २, रुपन्देहीमा ७, जाजरकोटमा १ तथा बैतडीमा १ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा थप ३४ जनामा संक्रमण पुष्टि भएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्त्रालयका अनुसार शुक्रबार थप १ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ। हाल देशभर १ हजार ५ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा २ हजार ९ सय ३१ पीसीआर परीक्षण भएको छ।

गत २४ घण्टामा देशभर थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ। हाल देशभर हालसम्म ६० जना कोरोना संक्रमितको आईसियुमा तथा ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय