महामारीमै आठ खर्बको आयात, कुन महिना कति ?
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शनिबार ०:३९:१९
७ फागुन, काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ ।
विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा रु आठ खर्ब बढीको आयात भएको छ । विभागले सार्वजनिक गरेको सात महिनाको ‘साउनदेखि माघ मसान्तसम्म’ तथ्याङ्कअनुसार रु आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव शून्य एक प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा रु आठ खर्ब तीन अर्ब बढीको आयात भएको थियो । यसैगरी सात महिनाको अवधिमा रु ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अबधिको तुलनामा ७.६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।
गत आवमा सोही अवधिमा रु ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको छ ।
विभागको तथ्याङ्कअनुसार सात महिनामा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले रु सात खर्ब ३३ अर्ब ७२ करोड घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले गिरावट हो । गत माघमा मात्रै गत आव भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा रु एक खर्ब आठ अर्ब ९० करोडको आयात भएकामा यो माघमा रु एक खर्ब ४२ अर्ब ३९ करोडको आयात भएको हो ।
कुन महिना कति आयात
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना ‘साउन’ मा रु ८५ अर्ब ८० करोड, भदौमा रु ९३ अर्ब चार करोड र असोजमा रु एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो । यसैगरी कात्तिकमा रु एक खर्ब १० अर्ब २२ करोड, मंसिर महिनामा रु एक खर्ब २३ अर्ब एक करोड, पुसमा रु एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ ।
हालसम्मकै धेरै माघ महिनामा रु एक खर्ब ४२ अर्ब ३९ करोड बराबरको विदेशी वस्तु आयात भएको छ । सात महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । सात महिनामा रु ३९ अर्ब ७० करोड बढीको डिजेल आयात भएको छ । गत पुसमा रु ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको थियो ।
आन्तरिक राजश्व विभागका प्रमुखमा आचार्य
आन्तरिक राजश्व विभागका महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन्। अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहेका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटामा एक करोड राजस्व संकलन
बैशाख १०, २०८१ सोमबार
विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार