शनिबार , फागुण १५, २०७७

ओलीले ज्यादतीपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरे : श्रेष्ठ

ओलीले ज्यादतीपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरे : श्रेष्ठ

७ फागुन, काठमाडौं । सत्तारुढ दल विभाजित भएर बनेको नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री केपी  ओलीलाई गाली गर्दा गर्दै सकिएको छ । शुक्रबार पेरिसडाँडामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले गरेको कार्यको समीक्षा र पार्टीले ओलीका विरुद्ध गरेको आन्दोलनको समीक्षामै वितेको हो । बैठकमा नेताहरुले प्रधानमन्त्री केपी ओलीको पछिल्ला कदमप्रति आक्रोश र निर्वाचन आयोगको ढिलाइमा असन्तुष्टि व्यक्त गरेका थिए भने सर्वोच्च अदालतबाट संसद पुनःस्थापना हुनेमा आशावादी बनेका थिए ।

बैठकपछि दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतीपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताए । प्रतिनिधि सभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानून विपरीत ज्यादतीपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको उनको भनाइ छ । यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेसी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरु प्रतिवद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाडने पनि बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यस प्रकारको दमनकारी क्रियाकलापलाई पूरै बन्द गर्दै र नेपालमा फेरि सामाजिक, आर्थिक रुपान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौं,’ उनले भने । निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाई गरेको प्रति आफूहरु सन्तुष्ट नरहेको पनि प्रवक्ता श्रेष्ठले बताए । तर पनि ढिलोचाँडो संविधान र कानून अनुसार फैसला गर्ने विश्वास आफूहरुले गरेको पनि उनको भनाइ छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षा समेत गरेको छ । प्रवक्ता श्रेष्ठले आन्दोलनको संघर्षमा सत्तासीन गुट बाहेक सिंगो देश एकतावद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्यांकन बैठकले गरेको बताए ।

सर्वोच्च आदालतले पनि संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको उनको भनाइ छ । सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि उनले बताए । शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरुको २ सय असी भन्दा बढी नागरिकता संकलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय