
८ फागुन, बर्दिया । बर्दियामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका-५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परको ठक्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिए लगत्तै टिप्पर भागेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम शाहीले बताए ।
प्रतिक्रिया