
८ फागुन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम खुल्दै जाने जनाएको छ । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएर अरु ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार अहिले तराईका केही ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको भए पनि दिउँसोदेखि मौसम खुल्दै जाने छ । आज उच्च पहाडी र हिमाली क्षेत्रका एक – दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको र त्यस क्षेत्रको मौसम पनि दिउँसोपछि सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र बाँकी प्रदेशको मौसम सफा रहने महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
प्रतिक्रिया