बिहिबार , फागुण १३, २०७७

इन्द्रावतीमा प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति

इन्द्रावतीमा प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति

८ फागुन, सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नं २ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही रु ५० हजार सहयोग प्रदान गरेका छन् । इन्द्रावती–३ को सिंहमती माविमा आयोजित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा शुक्रबार उनले सो रकम हस्तान्तरण गरेका हुन्।

महेन्द्र माविबाट एसइई गर्ने दिनिसा गिरी, बनित भारती, सागर मल्ल र सुदीप भारती, सिंहमती माविका श्वेता थापा, शर्मिला तामाङ र विशाल तामाङलाई छात्रवृत्तिस्वरुप रकम हस्तान्तरण गरिएको हो । उनले विद्यालयस्तरमा अध्ययनरत दुई विद्यार्थीलाई जनही रु दुई हजार ५०० का दरले छात्रवृत्ति प्रदान गरे । प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीका लागि आगामी दिनमा पनि सहयोग प्रदान गर्ने उनले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

शैक्षिक प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले शिक्षा क्षेत्रमा राम्रो नतिजा ल्याउने गरी गाउँपालिका लागिपरेको बताए । वडा नं ३ का अध्यक्ष देवप्रसाद बानियाँले आउँदो आर्थिक वर्षदेखि थप शिक्षक उपलब्ध गराउने वचन दिए । प्रदर्शनीमा नवलपुर मावि, राजेश्वरी माविको पनि सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इलामका स्थानीय तह इतिहास र संस्कृति जोगाउदै इलामका स्थानीय तह इतिहास र संस्कृति जोगाउदै १३ घण्टा पहिले
पशुपतिमा जलहरी नराख्न सरकारका नाममा अन्तरिम आदेश पशुपतिमा जलहरी नराख्न सरकारका नाममा अन्तरिम आदेश ९ घण्टा पहिले
“को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली “को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली ५ घण्टा पहिले
मेरा भाइहरुले खुसी भएर लड्डु ख्वाइख्वाइ गरेछन् : ओली मेरा भाइहरुले खुसी भएर लड्डु ख्वाइख्वाइ गरेछन् : ओली ८ घण्टा पहिले
धितोपत्र बजार पूँजीकरण ३६ खर्ब नाध्यो, बोर्डले छ महिनामा दियो साढे २० अर्बको धितोपत्र निष्कासन अनुमति धितोपत्र बजार पूँजीकरण ३६ खर्ब नाध्यो, बोर्डले छ महिनामा दियो साढे २० अर्बको धितोपत्र निष्कासन अनुमति १२ घण्टा पहिले
नेकपाका दुबै पक्ष कांग्रेसको भरमा नेकपाका दुबै पक्ष कांग्रेसको भरमा १२ घण्टा पहिले
प्रयोगविहीन बन्दै अनुदानका उपकरणहरु प्रयोगविहीन बन्दै अनुदानका उपकरणहरु १३ घण्टा पहिले
प्रचण्ड-नेपाल समुह कांग्रेससँग मिलेर जाने प्रचण्ड-नेपाल समुह कांग्रेससँग मिलेर जाने १० घण्टा पहिले