शुक्रबार , फागुण १४, २०७७

विप्लव समूह सरकारसँग वार्ता गर्न तयार

विप्लव समूह सरकारसँग वार्ता गर्न तयार

८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह सरकारसँग वार्ता गर्न तयार भएको छ । विभिन्‍न चार प्रकारका संयन्त्रमार्फत कुराकानी भएपछि विप्लव समूह वार्ताका लागि तयार भएको हो ।

तर उसले पार्टीमाथि लगाइएको प्रतिबन्ध खोल्नु पर्ने सर्त राखेको छ । त्यस विषयमा सरकार पनि लचिलो भएको छ । सरकारले चन्दका प्रतिनिधिहरूलाई सहज हुने वातावरण बनाउने बचन दिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्रोतका अनुसार अहिले चार फरक-फरक संयन्त्रमार्फत प्रतिबन्धित नेकपासँग सरकारले कुराकानी गरिरहेको छ । पहिलो संयन्त्र जेलमा रहेका नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीमार्फत सरकारले कुराकानी गरिरहेको छ । केही समयअघि खानेपानी मन्त्री मणि थापाले नख्खु जेलमा रहेका नेता ओलीलाई भेटेको तथ्य बाहिरिएको थियो ।

सरकारले अर्कोतर्फ वार्ताको वातावरण निर्माण गर्न भन्दै पक्राउ परेका नेता अनिल शर्मा विरहीलाई छोडेको थियो । त्यस्तै चन्द र सरकारलाई नजिक्याउन पहिले चन्दको पार्टीका काम गरेका र अहिले अलग भएकाहरूले पनि कुराकानी गरिरहेका छन् । त्यसमा गुणराज लोहनीलगायतका नेताहरू रहेको गृह मन्त्रालय स्रोत बताउँछ ।

अहिले वार्ता कहिले र कसरी गर्ने भन्‍ने विषयमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीका प्रतिनिधिहरू र चन्दका प्रतिनिधिहरूबीच कुराकानी भइरहेको र त्यसलाई अब मन्त्रिपरिषद् बैठक बस्‍नु अगावै टुंगोमा पुर्‍याइने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् । उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

Biplap 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय