रानीको मर्मस्पर्शी सुनसान मनमा केकी
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार ११:५६:१६
९ फागुन, काठमाडौं । गायिका रानी शाक्य फेरी एउटा नितान्त नयाँ भावनाको अति मर्मस्पर्शी गीत ‘सुनसान मन’ Sunsan Mann बलल लिएर प्रस्तुत भएकी छिन । निडर, दृढ, र समर्पितहरूको समेत मन डगमगाएको अहिलेको कालखण्डको नियतिलाई चित्रित गरिएको म्युजिक भिडियोमा चर्चित नायिका केकी अधिकारीको भावपूर्ण अभिनय रहेको छ ।
भिडियोलाई गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो समय सबैले महसुस गरेको अनुभुतिलाई राजेश शाक्यले कोरेको अर्थपूर्ण शव्दहरू र ओम कर्माचार्यको संगीतलाई अहिलेका चर्चित गायिका रानी शाक्यले आफ्नो स्वरले जीवन्त बनाएकी छिन । धेरैवटा चलचित्र निर्देशन गरी सकेका निर्देशक मदन घिमिरेले यो म्युजिक भिडियोको निर्देशन गरेका छन्।
प्रोफेशनल ब्यस्तताले साहित्यिक माहौलबाट टाढियपछि झण्डै दुई दशकको अन्तरालमा राजेश शाक्य आफ्नो शब्दरचना सहित ुसुनसान मनु लिएर फेरी साहित्यक सिर्जनामा फर्किएका छन । कुनै समयमा राजेश शाक्य कविता लेखन अनि शुभ समुहसँग आवद्द भई रंगमञ्चमा अभिनय र निर्देशनमा सक्रिय थिए ।
शाक्यले गीत लेखनलाई सक्रियता देखाएका छन् । उनको लेखनको अर्को रमाईलो गीत ‘सल्लाघारी’ रिलिजको तयारीमा छ । ओम कर्माचार्यको नै संगीतमा गायिका रानी शाक्यले आफ्नो पहिलो गीत ‘फेरी आज एकान्तमा’ रेकर्ड गरेका थिए । जसको रचना लक्ष्मी श्रेष्ठले गरेकी थिइन ।
काठमाडौं, धुलिखेल, दोलालघाट र जेरोकिलोमा शुटिङ्ग गरिएको यस भिडियोको छायाँकन रामेश्र्वर हुमागाई, सम्पादन प्रेम शर्मा पौडेल, कलर करेक्शन मनोरञ्जन श्रेष्ठ, मेकप अशोक रोक्का ,ड्रोन बासु बराल र सहायक हरिष खनालले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार