बुधबार , फागुण १९, २०७७

संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेश : थापा

संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेश : थापा

९ फागुन, झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन् । आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिबर्तन र सर्बसत्ताबादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने बिचार ब्यक्त गरे ।

अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने,अभिभावकको रुपमा मात्र राजसंस्था रहदा मुलुकको सर्बोपरी हित हुने दाबी गरे । सबै धर्मको सम्मान हुने गरि सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म,संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

१४ बर्षको राजनितीक अभ्यास असफल भएको भन्दै बिदेशी दबाब,प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनितीले काम गरेको उहाको भनाई थियो । कम्युनिस्ट पार्टी भित्रको द्वन्द देश हित र निर्माणका निमित्त नभई कुर्सी शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो। कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई काङ्ग्रेस र कम्युनिस्टको बिकल्पको रुपमा स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गरे।

लिङ्देनले भ्रष्टाचार र बेथितिको विरुद्धमा राप्रपाले शसक्त आवाज उठाएर जनताको माझमा जाने बताए। कार्यक्रममा नेताहरू राम थापा, टेकनारायण राजबंशि, अम्बर बिष्ट ,बाशुदेब भट्टराई , बाबुराजा श्रेष्ठ, लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कटाक्षे विद्युत्गृहको काम असार मसान्तसम्ममा सक्ने कटाक्षे विद्युत्गृहको काम असार मसान्तसम्ममा सक्ने २२ घण्टा पहिले
भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा १४ घण्टा पहिले
नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ गते, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ गते, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने १९ मिनेट पहिले
गौराीघाटबाट १६७ थान मोबाइलसहित एक जना पक्राउ गौराीघाटबाट १६७ थान मोबाइलसहित एक जना पक्राउ २२ घण्टा पहिले
नारी दिवसमा श्रीमतीले श्रीमान् बोकेर दौडिने नारी दिवसमा श्रीमतीले श्रीमान् बोकेर दौडिने १५ मिनेट पहिले
प्राङ्गारिक उत्पादनको पहिचान सहित बजारीकरण अभियान प्राङ्गारिक उत्पादनको पहिचान सहित बजारीकरण अभियान १९ घण्टा पहिले
फरार अभियुक्त र दोषीलाई धमाधम पक्राउ गर्दै प्रहरी फरार अभियुक्त र दोषीलाई धमाधम पक्राउ गर्दै प्रहरी ४ घण्टा पहिले
विप्लवले पनि गठन गर्यो प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टाेली विप्लवले पनि गठन गर्यो प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टाेली २० घण्टा पहिले