
९ फागुन, फिदिम । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय पाँचथरद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा जिल्ला अध्यक्ष राजकुमार जोशीले प्रजातन्त्रको विकासमा राजसंस्थाको भूमिका अतुलनीय रहेको बताए ।
‘प्रजातन्त्रको पक्षमा श्री ५ त्रिभुवनले गरेको योगदान कालजयी छ । नेपालको प्रजातन्त्र र राजनीतिक विकासक्रमको सन्दर्भमा, राजा र जनताले गरेको सात सालको क्रान्ति महत्वपूर्ण कोशेढुंगाको रुपमा स्थापित छ । प्रजातन्त्र संकटमा परेको बेला आम नेपालीले सोही आदर्श मनन् गर्नु पर्ने भएको छ,’ जोशीले भने ।
प्रजिअ पूण्य प्रसाद ढकालको अध्यक्षता सम्पन्न राष्ट्रिय प्रजातन्त्र दिवस, शुभकामना आदान प्रदान कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङ, विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
प्रतिक्रिया