बुधबार , फागुण १९, २०७७

लाभांश पारित गर्न स्वरोजगारले फागुन २९ गते आह्वान गर्यो साधारण सभा

लाभांश पारित गर्न स्वरोजगारले फागुन २९ गते आह्वान गर्यो साधारण सभा

९ फागुन, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले फागुन २९ गते, शनिबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सभाले हाल कायम चुक्ता पूँजीको १२.३९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ३६ करोड ५९ लाख ३७ हजार १२० रुपैयाँ रहेको छ। १२.३९ प्रतिशतका दरले ४ करोड ५३ लाख ४२ हजार १७७ रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय