शनिबार , फागुण १५, २०७७

आज भारतबाट १० लाख डोज कोडिभ खोप आइपुग्ने

आज भारतबाट १० लाख डोज कोडिभ खोप आइपुग्ने

९ फागुन, काठमाडौं । भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोडिभ १९ विरुद्धको खोप आज आइपुग्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकालेर आइतबार दिउँसो भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोभिड खोप आइतबार आइपुग्ने जनाएको हो । सरकारले २० लाख डोज खोप खरिद प्रक्रिया अगाडी बढाएको छ ।

सरकारले भारतसँग खरिद गरेर ‘कोभिशिल्ड’ खोप ल्याउन लागेको हो । दिल्लीबाट एयर इण्डियाको जहाजबाट ल्याउन लागिएको खोप दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । खोप ल्याएपछि टेकुमा रहेको भण्डारण स्थलमा राखिनेछ । त्यसपछि फागुन २३ देखि कोभिड खोप अभियान अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर खोप ल्याउन लागेको हो । भारतीय कम्पनीले सबै भुक्तानी दिएपछि मात्रै खोप उपलब्ध गराउन सकिने भनेपछि सरकारले ऐन संशोधन गरेर खोप खरिद प्रक्रिया अगाडी बढाएको हो ।

यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो । सो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय