सोमबार , फागुण १७, २०७७

पर्यटन प्रर्वद्धनका लागि कालिका दर्शन वर्ष मनाईदै

पर्यटन प्रर्वद्धनका लागि कालिका दर्शन वर्ष मनाईदै

९ फागुन,बाग्लुङ । विसं २०८० लाई ‘कालिका दर्शन वर्ष’ का रूपमा मनाइने भएको छ । प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउने र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो ।

यद्यपि ‘कालिका दर्शन वर्ष’ को औपचारिक घोषणा भने नयाँ वर्षका दिन आउँदो वैशाख १ गते गर्ने तयारी छ । मन्दिर गुठीका अध्यक्ष राजु खड्काका अनुसार विसं २०८० मा ५० लाख दर्शनार्थी÷पर्यटक मन्दिरमा भित्र्याउने लक्ष्य लिइएको छ । हरेक महिना जिल्लास्तरमा विशेष ढङ्गले पर्यटन प्रर्वद्धन कार्यक्रम गरिने भएको छ । त्यसका लागि स्थानीय तहदेखि राज्यका निकाय र पर्यटनसँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरिने गुठीले जनाएको छ । प्रवासी नेपाली र तिनका संस्थामार्फत दर्शन वर्षको प्रचारप्रचार विदेशमा गरिने अध्यक्ष खड्काले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दर्शन वर्षको कार्यक्रमिक खाका बनाउने काम अहिले भइरहेको जनाइएको छ । सोही वर्षदेखि कालिका मन्दिर परिसलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने पनि तयारी भइरहेको छ । विसं २०७९ सम्ममा प्लाष्टिकको प्रयोगलाई निरुत्साहित र न्यूनीकरण गर्दै जाने गुठीको योजना छ । ‘कालिका दर्शन वर्ष’ ले जिल्लाको धार्मिकसँगै समग्र पर्यटन क्षेत्रको प्रर्वद्धनमा उल्लेख्य टेवा पुग्ने बाग्लुङ पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताएका छन् । उनले बाग्लुङको पर्यटनलाई उकास्न कालिका दर्शन वर्ष जस्ता प्रवद्र्धनात्मक कार्यक्रमले टेवा पुर्याउने उल्लेख गरे ।

सरकारद्वारा सूचीकृत पर्यटकीय गन्तव्यस्थलमा पर्ने कालिका भगवती मन्दिरमा बर्सेनि बडादशैँ र चैत्राष्टमी पर्वमा ठूलो मेला लाग्ने गर्छ । कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । देशका विभिन्न भागदेखि भारतसम्मबाट यहाँ दर्शनार्थी आउँछन् ।

माघ र साउन महिनाबाहेक वर्षभरि नै मन्दिरमा भक्तजनको भीड लाग्छ । विसं १५९१ मा स्थापित सो मन्दिरमा वार्षिक रु एक करोडभन्दा बढी भेटी उठ्छ । बागलुङ नगरपालिका–१ मा पर्ने मन्दिरलाई विश्वसम्पदा सूचीमा पार्न पहल गरिए पनि त्यसले अझै साथर्कता पाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल बाल सङ्गठनको अध्यक्षमा पौडेल नेपाल बाल सङ्गठनको अध्यक्षमा पौडेल १४ घण्टा पहिले
डेनमार्कमा लकडाउनको विरोध गर्ने ८ जना पक्राउ डेनमार्कमा लकडाउनको विरोध गर्ने ८ जना पक्राउ ८ घण्टा पहिले
ऋषि धमलासँगकाे अन्तर्वार्तामा प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ-संस्थाद्धारा विरोध ऋषि धमलासँगकाे अन्तर्वार्तामा प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ-संस्थाद्धारा विरोध २ घण्टा पहिले
कांग्रेस वीपीद्वारा नेता जोशीको स्वास्थ लाभको कामना कांग्रेस वीपीद्वारा नेता जोशीको स्वास्थ लाभको कामना १२ घण्टा पहिले
सोमबारदेखि केरुङ नाका पुनःसञ्चालन हुने सोमबारदेखि केरुङ नाका पुनःसञ्चालन हुने १० घण्टा पहिले
आँधीखोलालाई नमुना बनाउन लागेका एक निष्ठावान् कर्मचारीको समाजसेवा आँधीखोलालाई नमुना बनाउन लागेका एक निष्ठावान् कर्मचारीको समाजसेवा ५ घण्टा पहिले
हाँडीगाउँबाट बाघको छालासहित एक जना पक्राउ हाँडीगाउँबाट बाघको छालासहित एक जना पक्राउ ३ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ? सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ? ११ घण्टा पहिले
गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन : पोखरेल गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन : पोखरेल ४ हप्ता पहिले
नेकपा र विप्लव समूहका २७६ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश नेकपा र विप्लव समूहका २७६ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश ७ दिन पहिले
नेप्सेमा सानिमा बैंककाे ८८ लाख कित्ता बोनस शेयर सूचीकृत नेप्सेमा सानिमा बैंककाे ८८ लाख कित्ता बोनस शेयर सूचीकृत ४ हप्ता पहिले
सिंहदरबारको पुनःनिर्माण सम्पन्न, तीनवटा मोहडाको आज ओलीले उ्दघाटन गर्ने सिंहदरबारको पुनःनिर्माण सम्पन्न, तीनवटा मोहडाको आज ओलीले उ्दघाटन गर्ने २ हप्ता पहिले
बलात्कार पछि हत्या गरिएकाको न्यायका लागि कांग्रेस वीपीले कार्यक्रम गर्ने बलात्कार पछि हत्या गरिएकाको न्यायका लागि कांग्रेस वीपीले कार्यक्रम गर्ने ३ हप्ता पहिले
आफ्नै देशको एकमुट्ठी माटो हातमा लिनुस् र निर्णय गर्नुहोस्: डा. कोइराला आफ्नै देशको एकमुट्ठी माटो हातमा लिनुस् र निर्णय गर्नुहोस्: डा. कोइराला ७ दिन पहिले
प्रधानमन्त्री ओलीले गरे कमल खोलाको पुल उदघाटन प्रधानमन्त्री ओलीले गरे कमल खोलाको पुल उदघाटन ११ घण्टा पहिले
कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक शुरु, सीमानाकामा कडाइ कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक शुरु, सीमानाकामा कडाइ ४ हप्ता पहिले