शनिबार , फागुण १५, २०७७

स्वर्गिय बुबाको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

स्वर्गिय बुबाको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

९ फागुन,तनहुँ । नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले आफ्नो स्वर्गिय बुबा गेगनाथ नहर्कीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका छन् । अध्यक्ष नहर्कीले शनिबार एक कार्यक्रममा ‘गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार’ अक्षय कोष स्थापना गर्न रकम हस्तान्तरण गरेका हुन् ।

अक्षय कोषका लागि रु ५१ हजार १५१ नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेलाई अध्यक्ष नहर्की, नहर्कीकी धर्मपत्नी प्रभा नहर्की, दिदी सान्नानी पाण्डे र भाई दिनेशराज नहर्कीले प्रदान गरेका छन् । सो अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट बर्सेनि युनियनले सिफारिस गरेको जेहेन्दार पत्रकारलाई पुरस्कार प्रदान गर्ने योजना रहेको छ । अध्यक्ष नहर्की सेतीमादी दैनिकका सहसम्पादक र गोरखापत्र दैनिकका तनहुँ समाचारदाता हुन । रकम हस्तान्तरण कार्यक्रमका नेता वाग्लेले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेसलाई मान्य हुने र पुनःस्थापना नभए निर्धारित समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कांग्रेसका कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आलेले हाल सरकार अलोकन्त्रान्त्रिक तरिकाबाट अघि बढिरहेकाले सर्वासत्तावादका विरुद्ध, भ्रष्टाचार र असंवैधानिक कदमका विरुद्ध खबरदारी गरी जनतालाई सुसूचित पार्न आग्रह गरेका छन् ।

प्रवक्ता महेश्वर भट्टराईले पार्टीको कुरालाई चलायमान गराउन प्रेस युनियनकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेको र भावी दिनमा पनि सशक्तरूपमा अघि बढ्न आग्रह गरेका छन् । सो अवसरमा नेपाल प्रेस युनियनको गतिविधिका बारेमा समीक्षा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय