शुक्रबार , फागुण १४, २०७७

नेकपा निकट युवा सङ्घले पाँच लाख सदस्यता विस्तार गर्ने

नेकपा निकट युवा सङ्घले पाँच लाख सदस्यता विस्तार गर्ने

९ फागुन,काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा सङ्घ’ भन्ने मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताएका छन् ।

उनले चैतमसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १६५ वटा सङ्घीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७५३ स्थानीय तह कमिटी र छ हजार ७४३ वडा कमिटी गठन गर्ने समेत बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैगरी सबै कमिटीमा साइबर सेना गठन गर्नेसमेत उनले बताएका छन् । मुलुकको स्वाधीनता तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै कमिटीमा साइबर सेना बनाउन थालिएको बताए । यसअघि तत्कालीन नेकपा ९एमाले०को युवा सङ्घले युथ फोर्स गठन गरेको थियो । बैठकले सरकारले गरेको लोकप्रिय काम र असाधारण उपलब्धिलाई जनताबीचमा पुर्याउन सङ्घका नेता कार्यकतालाई विशेष अभियानका साथ परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले विदेशबाट स्वदेश फर्किएका र स्वदेशमा रहेका युवा जनशक्ति राज्यको नीति तथा कार्यक्रममा पूर्णरूपमा जोडिन नसकेको भन्दै संविधानमा उल्लेख गरिएको युवा हक अधिकार र सरकारद्वारा घोषित युवामैत्री नीति कार्यक्रमलाई पूर्णतः युवाले सदुपयोग गर्न वातावरण मिलाउन सरकारसँग माग गरेको छ । बैठकले सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनमा क्रियाशील हुन सबै कमिटीलाई निर्देशन दिएको अध्यक्ष सिंहले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ओलीको निरंकुशतामा देउवाको साथ : वरिष्ठ नेता पौडेल ओलीको निरंकुशतामा देउवाको साथ : वरिष्ठ नेता पौडेल ५ दिन पहिले
म्याग्दीबाट बाह्र किलो गाँजासहित एक जना पक्राउ म्याग्दीबाट बाह्र किलो गाँजासहित एक जना पक्राउ १७ घण्टा पहिले
ओलीको भविष्य अध्याँरो सुरूङमा: राजेन्द्र श्रेष्ठ ओलीको भविष्य अध्याँरो सुरूङमा: राजेन्द्र श्रेष्ठ २१ घण्टा पहिले
पथलैया ट्राफिकको असुलीधन्दा, कांग्रेस सांसद बानियाँको सेटिङमा भारबहन गाडीलाई फाइदै फाइदा पथलैया ट्राफिकको असुलीधन्दा, कांग्रेस सांसद बानियाँको सेटिङमा भारबहन गाडीलाई फाइदै फाइदा ५ दिन पहिले
चीनमा १६ कोभिड खोपलाई परीक्षणको अनुमति चीनमा १६ कोभिड खोपलाई परीक्षणको अनुमति ५ दिन पहिले
महिला लघुवित्तको आईपीओ आज बाँडफाँड गरिदै, यी तीन ठाँउबाट नतिजा हेर्न सकिने ? महिला लघुवित्तको आईपीओ आज बाँडफाँड गरिदै, यी तीन ठाँउबाट नतिजा हेर्न सकिने ? ६ घण्टा पहिले
म्याग्दीबाट चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ म्याग्दीबाट चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ ४ घण्टा पहिले
आगामी चैत २० गतेदेखि हात्तीपाईले रोगको औषधि खुवाइने आगामी चैत २० गतेदेखि हात्तीपाईले रोगको औषधि खुवाइने ४७ मिनेट पहिले