शुक्रबार , फागुण २१, २०७७

उपत्यकामा थपियो अर्को पर्यटकीय गन्तव्य, विशंखुनारायण वनभित्र जिपलाइन सञ्चालन

उपत्यकामा थपियो अर्को पर्यटकीय गन्तव्य, विशंखुनारायण वनभित्र जिपलाइन सञ्चालन

९ फागुन, काठमाडौं । उपत्यकाभित्र अर्को पर्यटकीय गन्तब्य थपिएको छ । ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ ।

साहसिक पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनभित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वनभित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ ।

एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको जिपलाइन खेल्नका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटकहरु जाने गरेका छन् । जिपलाइन खेल्नका लागि फोटो भिडियोसहित प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएपनि अहिले छुट दिएर प्रतिव्यक्ति १ हजार ३ सय रुपैयाँ लिइएको सञ्चालक श्रेष्ठले बताए ।

जिपलाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण भएकाले खेल खेल्न सुरक्षित रहेको पनि श्रेष्ठले बताए । तर पनि टिकट काटेर खेल खेलेमा बीमा लगायतका सुविधा दिइएको छ ।

नेपाल सरकारले प्रकाशित गरेको सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ को आधारमा नियम कानून अन्तर्गत रहेर सामुदायिक वनले आसयपत्र आव्हान गरेपछि बोलकबोल मार्फत ठाउँ लिइएको सञ्चालक श्रेष्ठले बताए । सामुदायिक वनलाई संरक्षण गर्ने, प्रकृतिलाई जोगाउने र वातावरणलाई नविगारिकन साहसिक पर्यटनको विकास गर्ने किसिमले नै जिपलाइन सञ्चालनमा ल्याइएको पनि बताए ।

pipe

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय