
९ फागुन, धनुषा । धनुषा प्रहरीले अपहरित एक बालकलाई शनिवार राति सकुशल उद्धार गरेको छ । अपहरण आरोपमा उनकै बुवा र मामासहित ३ जनालाई पक्राउ गरिएको छ ।
जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार दिउंसो एक बजेदेखि अपहरणमा परेका ७ वर्षीय बालक रमेश दासको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको हो ।
‘रमेश दासका छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो ।
बच्चाको अपहरणमा संलग्न भएका उनका बुवा रमेश र लक्ष्मेश्वर दाससहित दुई जना मामा पक्राउ परेका छन् । बच्चा अपहरणमा उनको बुवाको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया