
९ फागुन, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आज रु ८८ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।चाँदी तोलामा रु एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
तोलामा रु एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा रु २५ ले वृद्धि भएको हो ।
प्रतिक्रिया