सोमबार , फागुण २४, २०७७

सहकारी संस्थाको आफ्नै भवन शिलान्यास

सहकारी संस्थाको आफ्नै भवन शिलान्यास

९ फागुन,बझाङ । थलारा गाउँपालिका–५ मा कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ । थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले सहकारी संस्था लिमिटेडको दुई कोठे भवनको शनिबार शिलान्यास गर्दै गाउँपालिकाको आर्थिक समृद्धिका लागि विभिन्न काम भइरहेको बताएका छन् ।

प्रदेशको सांसद कोषबाट आएको रु पाँच लाख बजेटको एक लाख ७५ हजारमा जग्गा लिएको सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिएका छन् । भवन निर्माणका लागि आर्थिक सहयोगको अपेक्षा गरेको सहकारी संस्थाका प्रबन्धक निर्देशक गणेश पार्कीले बताए । २०७२ सालदेखि सञ्चालनमा आएको कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडमा ४९२ शेयर सदस्य रहेका छन् भने संस्थाको शेयर पूँजी पाँच लाख ३६ हजार ५०० रहेको छ । संस्थाको कूल पूँजी ४८ लाख ३७५ रहेको सह प्रबन्धक रेखा रोकायाले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

साथै संस्थामा विभिन्न किसिमका बचत बाल बचत, ऐक्षिक, पेवा, वृद्ध, ग्रसु पेन्सन बचतलगायतका सेवा रहेका छन् । पहिला भाडाको घरबाट सेवा दिइरहेको यस सहकारी संस्थाले अब आफ्नै पक्की भवन भएपछि संस्थाको काम तथा कारोवार सञ्चालन सहज हुनेसमेत उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय