मंगलबार , फागुण १८, २०७७

चीनमा १६ कोभिड खोपलाई परीक्षणको अनुमति

चीनमा १६ कोभिड खोपलाई परीक्षणको अनुमति

९ फागुन, बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । शनिबार सो निकायले दिएको जानकारीअनुसार चीन सरकारले यहाँका १६ ओटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ भने ती मध्येका छ ओटाको त परीक्षणको तीन चरण नै भइसकेको जनाइएको छ ।

यी मध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएको छ र यसको धेरै तिर प्रयोग पनि भएको बताइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गएको डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका बताइएको थियो । त्यसैगरी चीनको औषधि व्यवस्थापन सम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरुलाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ ।

त्यसमार्फत ती खोपहरु चीनमा काम गर्ने र भाइरसको जोखिम रहेका समुदायका नागरिकलाई नै लगाइएको बताइएको छ । ती खोपहरु भने अरु कतिपय देशमा निर्यात पनि गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, मंगलबार बोलकबोल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, मंगलबार बोलकबोल २४ घण्टा पहिले
वातावरण संरक्षणमा अग्ला रूखको विशेष महत्व हुन्छ : प्रम ओली वातावरण संरक्षणमा अग्ला रूखको विशेष महत्व हुन्छ : प्रम ओली ३८ मिनेट पहिले
काठमाडौंमा संचालित टेम्पोमा मेगा बैंकको क्यूआर कोड संचालनमा काठमाडौंमा संचालित टेम्पोमा मेगा बैंकको क्यूआर कोड संचालनमा २२ घण्टा पहिले
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा फागुन २८ गतेदेखि आवेदन दिन सकिने प्राइम कमर्सियल बैंकको ऋणपत्रमा फागुन २८ गतेदेखि आवेदन दिन सकिने ३ घण्टा पहिले
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु ४ घण्टा पहिले
प्रधानमन्त्री ओलीद्वारा प्रदेश गौरव भिलेजको उदघाटन प्रधानमन्त्री ओलीद्वारा प्रदेश गौरव भिलेजको उदघाटन ६ मिनेट पहिले
सिनो हाइड्रो र मजदूरबीच विवाद समाधान, अवरुद्ध काम शुरु सिनो हाइड्रो र मजदूरबीच विवाद समाधान, अवरुद्ध काम शुरु २२ घण्टा पहिले
आइतबारदेखि ५९ लाख कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने आइतबारदेखि ५९ लाख कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने ७ घण्टा पहिले