बिहिबार , फागुण २०, २०७७

विप्लव सरकारमा जाँदै

विप्लव सरकारमा जाँदै

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको अहिले एकमात्र उद्येश्य छ– नेकपाको आधिकारिकता आफूलाई प्राप्त होस् । यसका लागि निर्वाचन आयोगलाई धम्क्याउनेदेखि सबै कित्तामा रहेका कम्युनिष्टलाई भित्र्याउने उनको अभियान रहेको छ । सँगसँगै उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बाहेक सबै नेतालाई आफूसँग निकट बनाउन जेसुकै गर्न तयार रहेको ओलीको मनोविज्ञान प्रष्ट भएको छ ।

त्यसैले ओलीले आफैंले आतंककारी घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विप्लव समूहसँग वार्ता र सहमति जनाउने अन्तिम कसरत गरेका छन् । यस प्रयोजनका लागि हिजै ओलीले वार्ताको प्रस्ताव गरेका छन् भने विप्लवले समेत त्यसको स्वागत गर्दै विज्ञप्ति नै जारी गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मूलधारको कम्युनिष्ट पार्टीका रुपमा स्थापित हुन ओलीले यो रणनीति अपनाएका हुन् । बालुवाटार निकट स्रोत भन्छ–प्रचण्ड र माधव बाहेक सबैसँग सहकार्य गर्न ओली तयार छन् । विप्लवसँग निकट सम्बन्ध राख्न खानेपानी मन्त्री मणिचन्द्र थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

झण्डै डेढ महिनादेखि थापा यो अभियानमा तल्लिन छन् । उनले विप्लव समूहका पोलिटव्यूरो हेमन्तप्रकाश ओलीमार्फत सहमतिको वातावरण बनाएका छन् । हेमन्त अहिले नख्खु जेलमा कैद रहेका छन् । स्रोत भन्छ– विप्लवसँग ओलीले सहमति नै गरिसकेका छन् । मूलधारको राजनीतिमा आउन विप्लव तयार रहेको र त्यसका लागि चुनावी सरकारमा समेत सहभागी हुनेछ ।

आउने साता नै विप्लवसँग वार्ता गरी तत्कालै सरकारमा समेत सहभागी गराउने तयारी भएको दाबी स्रोतको रहेको छ । प्रधानमन्त्री ओलीले विप्लवलाई नै मन्त्रिमण्डलमा सामेल गर्न चाहेका छन् । तर विप्लव भने अहिले आफू सरकारमा नजाने बरु आफूले सिफारिश गरेका दुईजनालाई सरकारमा पठाउने पक्षमा रहेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय