
९ फागुन, पर्सा । वीरगंजमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसनर वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकस्थित भारतको रक्सौल घर भएका मुन्ना आलमको गाडीको सिट बनाउने पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएकाे हाे ।
आगलागीबाट सिलाई मेशिन, रेक्जिन, सिटफम तथा अन्य सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया