
९ फागुन, काठमाडौं । आइतबार नेप्सेमा सानिमा बैंकको ऋणपत्र सूचिकृत भएको छ । बैंकले नेप्सेमा ३० लाख ५२ हजार ४०४ कित्ता ऋणपत्र सूचिकृत गरेको हो ।
बैंकले सार्वसाधारणको लागि बिक्री गरेको सो ऋणपत्र आइतबार नेप्सेमा सूचिकृत गरेको छ । उक्त ऋणपत्रको ब्याजदर ८.५० प्रतिशत रहेको छ । १० वर्षे अवधिको लागि बैंकले सो ऋणपत्र निष्कासन गरेको थियो। सोमबारबाट दोस्रो बजारमा ऋणपत्रको कारोबार सुरु हुनेछ ।
प्रतिक्रिया