बिहिबार , फागुण २०, २०७७

ओलीको तमासामा प्रदेश सरकार

ओलीको तमासामा प्रदेश सरकार

९ फागुन, काठमाडाैं ।  प्रधानमन्त्री केपी ओली बेला बेला तमासा देखाएको भन्दै सबैसँग आश्चार्यचकित हुन्छन् । उनको यस्तो आश्चर्य आफ्नै पूर्वसहधर्मीदेखि धारे हात लगाउने सबैप्रति समभाव देखिन्छ ।

झण्डै एक महिना अगाडि ओलीले सर्वाेच्च अदालतका न्यायधीशप्रति कटाक्ष गर्दै भनेका थिए–पुनस्थापना केका लागि ? संसदमा तमासा गर्न ? त्यसको एक साता नवित्दै फेरि उनले भनेका थिए–वकिलहरु सर्वाेच्चमा गफ फिटेको फिटैछन्, हुँदाहुँदा एकजना बाजे वकिललाई लगेर तमासा गरेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ओलीले यस्तो अभिव्यक्ति दिएवापत अहिले सर्वाेच्च अदालतमा मानहानीको मुद्धा खेपिरहेका छन् । तर उनको दुर्मुखा शैली र प्रवृत्ति भने घटेको छैन , बरु नयाँ उँचाई लिंदोछ ।

ओलीले भने जस्तै तमासा चाहिं उनकै इसारामा अहिले प्रदेशसभामा देखिन थालेकाे छ । प्रदेश नं. १ र बाग्मती प्रदेश सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गरेको महिनौं भइसक्यो । तर यसबारे न त छलफल हुन्छ , न कुनै निर्णय प्रकृयामा नै लगिन्छ । अझै सत्ताधारी पक्ष नै प्रदेशसभा अवरुद्ध गर्ने तमासा देखाइरहेको छ । तर ओलीलाई भने त्यो तमासा लाग्दैन ।

dormani ra sherdhan rai

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव टेबल गर्न आजको लागि मिति तय गरिएको छ । तर प्रदेशसभा नै बस्नै नदिने राई पक्षीय सांसद्हरुको तयारी छ । सकेसम्म सूचना टाँसेरै बैठक स्थगित गर्न मुख्यमन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दवाव दिएका थिए । आज बिहान मुख्यमन्त्री निवासमा सभामुखलाई बोलाएर उनले बैठक स्थगित गर्न भने । तर सभामुख भण्डारीले अस्वीकार गरे । त्यसैले आज बैठक बस्ने भएको छ ।

यद्यपि ओली पक्षधर सांसद्हरु भने बैठक अवरुद्ध गर्ने पक्षमा छन् । उता, बाग्मती प्रदेशको हालत पनि उस्तै छ । यहाँ अर्काे तमासा गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको दुई महिना नाघ्नै लाग्यो । तर यसबारे संसदमा छलफल नै थालिएको छैन । सभामुख सानुकुमार श्रेष्ठ सूचना टाँसेरै लगातार बैठक स्थगित गरिरहेका छन् ।

अस्ति फागुन ५ गतेका लागि बैठक तय भएको थियो । तर सभामुख श्रेष्ठले विहानै कसैसँग सल्लाहसमेत नगरी एकपक्षीय रुपमा सूचना टाँसेर बैठक स्थगित गरिदिए । यसैगरी बैठक छलेर नै अभिष्ट पूरा गर्ने पक्षमा ओली समूह देखिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री राईले त सरकारलाई असयोग गरिए प्रदेशसभा नै भंग हुने चेतावनीसमेत दिइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय