
९ फागुन, दाङ । दाङ देउखुरीको सिसहनिया महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ । गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको उक्त पुलको शिलालेख तोडफोड भएको हो ।
पुलको उदघाटन कार्यक्रममा सुरक्षाको कारण देखाउँदै स्थानीयलाई कार्यक्रममा आउन निषेध गरिएको थियो । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुलको सबै भाग महदेवाको मौजामा बनेको छ । तर शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीय रुष्ट बनेका थिए । उनीहरुले शिलालेख सच्चाउन स्थानीय जनप्रतिनिधिलाई बारम्बार भन्दै आईरहेका थिए । अहिले शिलालेख तोडफोड हुनुको कारण पनि यही नै रहेको अनुमान गरिएको छ ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ । शिलालेख तोडफोड घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया