जस्तापाताले घर छाएसंगै स्थानीय बासीमा खुशी
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार १९:२६:१५
९ फागुन,बलेवा । सडकले खरबारी मासेको छ । सम्म ठाउँका खरबारीमा खोजीखोजी मूल सडक निकालिएका छन् । भीरपहरामा लहलह देखिने खर काट्नै कठिन छ । अप्ठेरा भीरपहरामा पुगेर खर काट्न अहिलेका युवा पुस्ता मान्दैनन्, वृद्धवृद्धाले सक्दैनन् ।
वर्षायाममा राम्रो वर्षा हुने र हिउँदमा खर काट्ने कामदार भेटिए मात्रै घरको छानो फेर्न पाइन्थ्यो । अझै पछिल्लो पुस्ताले त खर वा परालको छानो बनाउने सीप नै सिकेका छैनन् । सीपको अभावमा छाएको खरले के पानी छेकोस् ?
हिउँदका महिना जसोतसो कटे पनि वर्षामा चुहिने पानीले चुलोमा पोखरी बनाउँथ्यो । खरले छाएको लामो गोठ बनाएर त्यहीँ भान्छाको प्रबन्ध गर्नुपर्ने बाध्यता छ । पानीको ओत लाग्नेसम्म हो । गोठ होस् वा घर, कठिन दिनरात कटेकै थिए । यस्तै समस्या जैमिनी नगरपालिका–३ का डिलबहादुर विकलाई थियो । आफैँले छानो फेर्न आर्थिक अवस्था कमजोर छ । खर, अर्थ र सीपका अभावमा वर्षाका कठिन दिन कटाइरहेका उनी जस्तै जैमिनीका खरको छानो भएका कसैलाई अब भने चुलामा पोखरी देख्नुपर्दैन ।
डिलबहादुरले अहिले १८ हात लामो घर बनाएका छन् । गोठमा बस्ने उनी अहिले जस्तापाताले छाएका घरमा बस्छन् । सङ्घीय सरकारले ल्याएको घर तथा फुसका छाना विस्थापन गर्ने कार्यक्रमअन्तर्गत नगरपालिकाले धमाधम खरका छाना फेरेर जस्तापाता वितरण गरिरहेको छ । “सरकारले जस्ता दिने भनेपछि गोठमा बस्नेले पनि घर बनाएका छन्, घरमा खुशी छाएको देखियो”, नगरपालिका राजश्व परामर्श समितिका सदस्य विष्णु आचार्यले भने, “सानो तर मानव जीवनमा घरको छाना महत्वपूर्ण रहेको अनुगमनमा पायौं ।” दमेकका खगी विक, चन्द्रकला विक, नन्दकली श्रीषलगायतले यस वर्ष घरको छानो जस्ताले मात्रै बनाएनन्, नगरले जस्तापाता दिँदा आफैंले मेहनत गरेर बलियो गाह्रो पनि लगाए । नगरपालिकाका खरका छाना विस्थापन कार्यक्रमअन्तर्गत सूचीकृत कूल घरधुरी ९८७ छ । तीमध्ये चालू आर्थिक वर्षमा ७० प्रतिशत घरमा जस्ताको छानो बनाउने योजना नगरपालिकाले बनाएको थियो ।
यस वर्ष बनिसक्नुपर्ने ६९१ घरधुरीमा हालसम्म २४० घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । नगरपालिकाबाट जस्तापाता पाएका जैमिनीवासीले घरको मर्मतसमेत गरेका छन् । वडा कार्यालयको सिफारिशमा लाभग्राहीलाई घरको आकारअनुसार प्रतिघर १८ देखि बढीमा ६६ पातासम्म जस्तापाता उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
गत वर्षदेखि शुरु भएको कार्यक्रम आगामी आवमा सबै घरमा जस्तापाता लगाएर सकिने नगरपालिकाले जनाएको छ । “नागरिकको सुरक्षित आवास हाम्रो दायित्व हो”, नगरप्रमुख पौडेलले भने, “हामीले सुकुम्बासीका लागि घर बनाउने रकमसमेत दिएका छौं ।” जस्ताको नापअनुसार रु ५० हजारदेखि ८० हजारसम्मका जस्तापाता उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव : 'पपुष्लिट' नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार