
९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । नियमित स्वास्थ्य उपचारको लागि भट्टराई आज भारतको नयाँदिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
यता दिल्ली जानु अघि ले सामाजिक सञ्जालमा नाति लगायतसंग विदावारी भएर स्वास्थ्य उपचारकानिम्ति दिल्लीतिर लागियो भन्दै छोरा बुहारी नाती र श्रीमतिसँगको तस्विर पोष्ट गरेका छन् ।
पेटसम्बन्धी रोगले पीडित भट्टराई पछिल्लो समय काठमाडौँकै निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । अहिले भने भारतको ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा उपचार हुनेछ । चिकित्सकहरुले न्यूरो–इन्डोक्राइन ट्युमर भएको आशंका गरेपछि भट्टराई भारत गएका हुन् ।
प्रतिक्रिया