शुक्रबार , फागुण १४, २०७७

मकवानपुरमा गाँजा जलाई फर्किएको प्रहरी टोलीमाथि आक्रमण !

मकवानपुरमा गाँजा जलाई फर्किएको प्रहरी टोलीमाथि आक्रमण !

९ फागुन, मकवानपुर । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रहरीको कामकारबाहीमा बाधा पुर्‍याएको भन्दै राक्सिराङ-१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले बताए ।

मकवानपुरको राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा बारीमा लुकाइराखिएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो । सो गाँजा नष्ट गरी कार्यालयतर्फ र्फकने क्रममा स्थानीयले बाटो अवरुद्ध गरी प्रहरीको गाडी र प्रहरीहरूमाथि आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैबीच राक्सिराङ-१ कुपिनटारबाट १५ किलो गाँजा र १४ किलो भाङ बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण २३ घण्टा पहिले
ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा १४ घण्टा पहिले
एकैपटक ३१ सहसचिवको सरुवा तथा पदस्थापन एकैपटक ३१ सहसचिवको सरुवा तथा पदस्थापन १५ घण्टा पहिले
ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने १ घण्टा पहिले
महिला लघुवित्तको आईपीओ आज बाँडफाँड गरिदै, यी तीन ठाँउबाट नतिजा हेर्न सकिने ? महिला लघुवित्तको आईपीओ आज बाँडफाँड गरिदै, यी तीन ठाँउबाट नतिजा हेर्न सकिने ? ३ घण्टा पहिले
रेशम चौधरी जेलमा छन्, यस्तो अवस्थामा कसरी सत्ता साझेदारी हुन्छ : महतो रेशम चौधरी जेलमा छन्, यस्तो अवस्थामा कसरी सत्ता साझेदारी हुन्छ : महतो १९ घण्टा पहिले
महिला फुटबल टिमको प्रशिक्षककाे जिम्मेवारी ग्यारी फिलिप्सलाई महिला फुटबल टिमको प्रशिक्षककाे जिम्मेवारी ग्यारी फिलिप्सलाई १७ घण्टा पहिले
कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुन्छ : मन्त्री अर्याल कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुन्छ : मन्त्री अर्याल १४ घण्टा पहिले