
९ फागुन, एजेन्सी । अस्ट्रेलियामा कोरोना भाइरस ‘कोभिड–१८’ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । अस्ट्रेलियाले यसअघि तय गरेको भन्दा एक दिनअघि नै कोरोना खोप कार्यक्रम सुरु गरेको हो ।
प्रधानमन्त्री स्कट मौरिसन र ८४ वर्षीय विश्वयुद्धमा बचेका जेन मालीसियकले कोरोना खोप लगाएसँगै अस्ट्रेलियामा कोरोना खोप कार्यक्रम सुरु भएको हो । उनीहरुले सिड्नीस्थित एक मेडिकल सेन्टरबाट फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाएका हुन् ।
आइतबार सिड्नीमा केही वृद्ध मानिसका साथै फ्रन्टलाइन नर्स र कर्मचारीलाई पनि कोरोना खोप दिइएको थियो । आइतबार अस्ट्रेलियामा लगातार दोस्रो दिन कोरोनाका कुनै पनि संक्रमित फेला परेनन् ।
अस्ट्रेलियामा मार्च महिनासम्म जोखिमको आधारमा ४० लाख मानिसले कोरोना खोप पाउने अपेक्षा छ । आगामी अक्टोबरको अन्तिमसम्ममा मुलुकका सबै नागरिकलाई कोरोना खोप दिने अस्ट्रेलियाको लक्ष्य छ ।
प्रतिक्रिया