शनिबार , फागुण १५, २०७७

आईपीएलअघि सीएसकेका धुरन्धर यी खेलाडिले ४७ बलमै हिर्काए शतक

आईपीएलअघि सीएसकेका धुरन्धर यी खेलाडिले ४७ बलमै हिर्काए शतक

९ फागुन, काठमाडौं । भारतीय टिमका पूर्वअलराउन्डर सुरेश रैनाले एक घरेलु टी-२० प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले निझवान वारियर्सबाट खेल्दै टाइटन्स जेडएक्स टिमविरुद्ध शतकीय पारी खेले ।

रैनाले ४६ बलमा अविजित १०४ रनको पारी खेले । दिल्लीको गुरुग्राममा शनिबार भएको खेलमा रैनाको टिमले २ सय ३० रनको विशाल लक्ष्य पाएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

निझवानलाई प्रशान्त भण्डारीले उत्कृष्ट सुरुवात दिलाए । उनले २७ बलमै ६५ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका रैनाले १९ बलमा अर्धशतक र ४६ बलमा शतक पूरा गरे । त्यसक्रममा उनले ११ चौका र सात छक्का हिर्काएका थिए ।

१०४ रनको विस्फोटक पारी खेलेका रैनाले अविजित रहँदै अन्तिम ओभरमा टिमलाई जित दिलाए । ब्याटिङका साथै उनले बलिङबाट चार ओभरमा २७ रन दिएर एक विकेट लिए ।

रैनले गत वर्ष पूर्वकप्तान महेन्द्रसिंह धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । उनले यूएईमा भएको आईपीएल २०२० मा पनि सहभागिता जनाएनन् ।

लामो समयपछि रैनाले सैयद मुश्ताक अली ट्रफी टी-२० प्रतियोगितामा कमब्याक गरेका थिए । यो प्रतियोगितामा उनको प्रदर्शन उत्कृष्ट रहन सकेन ।

रैनाले मुश्ताक अली ट्रफीमा पञ्जाबविरुद्ध उत्तर प्रदेशबाट खेल्दै ५० बलमा ५६ रन बनाएका थिए । यो पारीबाहेक सो प्रतियोगितामा उनको प्रदर्शन खास रहनु सकेन । उनले यो सिजनको मुश्ताक अली ट्रफीमा चार खेलमा दोहोरो अंकमा समेत रन जोड्न सकेका थिएनन् ।

चेन्नई सुपर किंग्स (सीएसके)ले आईपीएल २०२१ का लागि पनि रैनालाई रिटेन गरेको छ । उनी सीएसकेका उपकप्तान पनि हुन् ।

आईपीएल सुरु हुनुअघि उत्कृष्ट लयमा देखिएका रैनाले आसन्न सिजनमा सीएसकेका लागि महत्वपूर्ण योगदान दिने सम्भावना छ ।

गत सिजनमा उनी उपलब्ध नहुँदा पहिलो पटक सीएसके ‘प्लेअफ’मा पुग्न सकेको थिएन । १४औँ सिजनको आईपीएल अप्रिल पहिलो सातदेखि सुरु हुने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय