
९ फागुन, पश्चिम रुकुम । शनिबार साँझ पश्चिम रुकुममा नेकपा ओली समूहले जिल्ला पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड-माधव समूहले आइतबार खोलेको छ । हिजो दुबै समूह एकै पटक पार्टी कार्यालयमा पुगेपछि विवाद भएको थियो र साँझमा ओली समूहले आफ्नो दाबी गर्दै ताला लगाएको बताइएको छ ।
तर, विहानै प्रचण्ड-माधव समूहले ताला फोरेर कार्यालय सञ्चालनमा ल्याएको छ । ओली समूहले भने रुकुम पश्चिमको बागबजारस्थित मदन आश्रति स्मृति भवनमा जिल्ला कमिटी बैठक बसिरहेका बेला हुलदंगा गरिएकाले ताला लगाएको बक्तव्यमार्फत जानकारी दिएको छ ।
ओली समूहले ताला लगाएपछि प्रशासनलाई सुरक्षा व्यवस्था गरिदिन भन्दै निवेदन पनि दिएको थियो । कार्यालयको चलअचल सम्पत्ति सुरक्षाको मागसहित ओली समूहले जानकारी दिएको छ । अर्का समूहका संयोजक अनलले भने हुलदंगा गरिएको आरोप अस्वीकार गरे ।
पश्चिम रुकुममा विभाजन अगाडिका संयोजक र सहसंयोजक नै प्रचण्ड-माधव समूहमा लागेका छन् । पूर्वएमालेका जिल्ला अध्यक्ष विमल पुन पनि यही समूहमा लागेकाले यहाँ ओली समूह अल्पमतमा छ ।
प्रतिक्रिया