सोमबार , फागुण १७, २०७७

नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी : डा.महत

नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी : डा.महत

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले नयाँ जनादेशबाट सत्तामा जाने बाटो खोज्नुपर्छ बताएका छन् । नेता महतले नेपाली कांग्रेस मुलभूत रुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्ने पार्टी भएको बताएका छन् ।

जनताबाटै अनुमोदिन भएर कुनै क्षणिक रुपमा कोहीसँग जोडिएर तत्कालिन पार्टीगत लाभ लिउँ वा व्यक्तिगत लाभ लिउँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्वमा नभएको उनले जिकिर गरे । पार्टी सभापति शेरबहादुर देउवा निकट डा. महतले नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी भएको बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जनताबाट अनुमोदित नभइकन सत्तामा जाने कुरालाई कहिले पनि नेपाली कांग्रेसले स्वीकारेको छैन । त्यो हाम्रो सिद्धान्त, विचार हो । जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरुको लागि स्वाभाविक हुनसके पनि कांग्रेसको लागि नहुने उनको भनाइ छ । सर्वोच्च अदालतले संसद विघटनलाई सदर गरेर निर्वाचनमा जाऊ भन्यो भने नेपाली कांग्रेस तयार रहेको उनले बताए । अदालतले जे फैसला गरे पनि कांग्रेसले स्वीकार गर्ने उनको भनाइ छ ।

पुनःस्थापना होस् त्यसलाई पनि सहज रुपमा हामी स्वीकार गर्छौं र निर्वाचनमा जाने स्थिति आयो भने अदालतले त्यो किसिमको बाटो तय गर्‍यो भने त्यो निर्णयलाई अवज्ञा गर्न नसकिने र जनतामा गएर फेरि नयाँ जनादेश लिएर संसद स्थापना गर्ने कुरालाई अवमूल्यन गर्न पनि नसकिने डा. महतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय