
९ फागुन, काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरबहादुर राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने भएको छ । आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची रहेको छ ।
उनका अनुसार प्रदेश सभा नियमावली २०७४ को नियम १२९ ‘१’ बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ ‘४’ बमोजिम पेस हुने उल्लेख छ ।
केही समयअघि नेकपाकै दाहाल–नेपाल समूहले ओली समूहका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसयता दुई पटक बैठक राख्ने प्रयास भएपनि स्थगन भएपछि आइतबार सभामुखको जोडबलमा बैठक बस्न लागेको हो ।
प्रतिक्रिया