बिहिबार , फागुण १३, २०७७

रातो ग्रह छुनुअघिका केही अद्‍भुत तस्बिरहरू पृथ्वी आइपुगे

रातो ग्रह छुनुअघिका केही अद्‍भुत तस्बिरहरू पृथ्वी आइपुगे

९ फागुन, एजेन्सी । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाकाे मंगलग्रहबाट उसको पर्सिभिअरन्स रोभरले पठाएको एउटा अद्‍भुत तस्बिर सार्वजनिक गरेको छ। बिहीवार खिचिएको उक्त तस्बिरमा मोटर गाडीझैँ देखिने रोबट अवतरणका लागि मंगल सतहमा झर्दै गरेको देखिन्छ। उक्त तस्बिर रोबटलाई झुलाउँदै सतहमा राख्ने रकेट क्रेडलले पठाएको हो।

मंगलबार भिअरन्सले आफूसँग ठूलो परिमाणमा विवरणहरू संकलन गरेको छ, जुन उसले क्रमैसँग पृथ्वीमा पठाउनेछ। अन्य तस्बिरहरूमध्ये एउटा भूउपग्रहबाट खिचिएको छ जसले प्यारासुटमार्फत् अवतरणको अवस्था देखाउने बीबीसी समाचारमा उल्लेख गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसले प्रविधिको अद्‍भुत सफलता देखाउँछ किनकि ‘द मार्स रिकनेसन्स अर्बिटर; नामको भूउपग्रह तस्बिर खिच्ने बेला पर्सिभिअरन्सभन्दा झण्डै ७ सय किलोमिटर पर थियो। त्यो प्रतिसेकेन्ड ३ किलोमिटरका दरले मंगल ग्रहलाई घुमिरहेको थियो।

banajantu

माथिको यो तस्बिर रोभरले मंगल ग्रहको सतह छुनुभन्दा झण्डै दुई मिटरजति माथिबाट खिचिएको हो। इञ्जिनियरहरूले पर्सिभिअरन्सको अवस्था राम्रो रहेको विवरण आफूहरूले पाएको बताएको समाचारमा उल्लेख गरिएको छ ।

पर्सिभिअरन्स रोभर जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो। जहाँ अर्बौ वर्षअघि एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ।

nasa 3

जेजेरो क्रेटरको विस्तृत तस्बिरहरू भने अर्को साता आउनेछ जतिखेर पर्सिभिअरन्सले आफ्नो बाटो पहिल्याउने उपकरण ठड्याउने छ जसमा मुख्य वैज्ञानिक क्यामेराहरू राखिएका छन्। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ।

nasa 1

छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो। नासाले आउँदा केही दिनमा थप विवरणहरू सार्वजनिक गर्ने वाचा गरेको छ।

nasa

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गणपति लघुवित्त र नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि दिन गणपति लघुवित्त र नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि दिन १८ घण्टा पहिले
मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्न नसक्ने : वरिष्ठ नेता पौडेल मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्न नसक्ने : वरिष्ठ नेता पौडेल १४ घण्टा पहिले
इलामका स्थानीय तह इतिहास र संस्कृति जोगाउदै इलामका स्थानीय तह इतिहास र संस्कृति जोगाउदै २२ घण्टा पहिले
विभिन्न सेवा विस्तार गर्दै दमौली अस्पताल विभिन्न सेवा विस्तार गर्दै दमौली अस्पताल २१ घण्टा पहिले
श्रोत नखुलेको २५ लाखसहित २ जना पक्राउ श्रोत नखुलेको २५ लाखसहित २ जना पक्राउ २१ घण्टा पहिले
प्रयोगविहीन बन्दै अनुदानका उपकरणहरु प्रयोगविहीन बन्दै अनुदानका उपकरणहरु २२ घण्टा पहिले
मातृभाषा दिवसमा जनजाति साहित्यकार महासङ्घ गठन मातृभाषा दिवसमा जनजाति साहित्यकार महासङ्घ गठन २२ घण्टा पहिले
धितोपत्र बजार पूँजीकरण ३६ खर्ब नाध्यो, बोर्डले छ महिनामा दियो साढे २० अर्बको धितोपत्र निष्कासन अनुमति धितोपत्र बजार पूँजीकरण ३६ खर्ब नाध्यो, बोर्डले छ महिनामा दियो साढे २० अर्बको धितोपत्र निष्कासन अनुमति २१ घण्टा पहिले