मंगलबार , फागुण १८, २०७७

वन्यजन्तुको आखेटोपहार भण्डारणमा समस्या

वन्यजन्तुको आखेटोपहार भण्डारणमा समस्या

९ फागुन,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका आखेटोपहार भण्डारणमा समस्या भएको छ । केन्द्रीय भण्डारणका रुपमा रहेको निकुञ्जमा देशैभरबाट आखेटोपहार आउने हुँदा भण्डारणमा कठिनाइ भएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा पाँच कोठा आखेटोपहारले भरिएका छन् । कतिपय आखेटोपहार कुहिएको र दुर्गन्ध फैलिएको उनले बताए । हाल यहाँको भण्डारणमा गैँडाको खाग १४९, गैँडाको खुर एक हजार २८६, बाघको छाला १६, चितुवाको छाला ९३ , रातो हाब्रेको छाला ४४ र हात्तीको दारा ४११ थान तथा चिरुको रौं ७५ बोरा छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैगरी कस्तुरीको बिना ११, चरी बाघको छाला चार, अजिङ्गरको छाला तीन, हिउँ चितुवाको छाला दुई र गोहीको छाला तीन थान तथा सालकको खपटा २४१, बाघको हड्डी ९५ र भालुको पित्त १९ किलो छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारी खागमा कीरा लागी बिग्रेको, केही खागको अवशेष मात्रै रहेको, छाला तथा अन्य आखेटोपहार अधिकांश ओसको कारणले कुहिसकेको र बाँकी कुहिने अवस्थामा रहेको बताउछन् ।

देशका विभिन्न स्थानमा चोरीशिकार तथा प्राकृतिक कारणले मरेका वन्यजन्तुको आखेटोपहार यहाँ ल्याउने गरिन्छ । यसैगरी तस्करबाट बरामद गरिएको वन्यजन्तुको आखेटोपहार पनि यहीँ ल्याइन्छ ।

आखेटोपहार थपिँदै जाने र भण्डारण गर्ने स्थानको उचित व्यवस्था नहुँदा समस्या भएको प्रमुख संरक्षण अधिकृत बरालले बताएका छन् । विसं २०७४ मा मन्त्रिपरिषद्को निर्णयबाट निकुञ्जमा ठूलो मात्रामा आखेटोपहार जलाएर नष्ट गरिएको थियो । त्यसपछि प्रत्येक पाँच वर्षमा कार्यविधि बनाएर नष्ट गर्ने भनिएको र पाँच वर्ष लामो समय हुने भएको कारण त्यसभन्दा छिट्टै नष्ट गरिनुपर्ने बराल बताउछन् । आखेटोपहारको कुनै मूल्य नभएका कारण यसलाई केन्द्रीयस्तरको आखेटोपहार व्यवस्थापन समूहभन्दा स्थानीयस्तरको कार्यदल बनाएर चाँडो चाँडो नष्ट गरिँदै जानुपर्ने बरालले सुझाव दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य सङ्कलनको अवस्था हेरेर समयसमयमा जलाएर व्यवस्थापन गर्नुपर्ने देखिएको बताउछन् । यसको भण्डारण जटिल हुने भएकाले छिटोछिटो सरकारीस्तरबाट निर्णय गरी व्यवस्थापन गर्नु उपयुक्त हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ट्रान्समिटर पड्किदा होटलमा आगलागी, ४० लाख बराबरको क्षति ट्रान्समिटर पड्किदा होटलमा आगलागी, ४० लाख बराबरको क्षति ७ घण्टा पहिले
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ २१ घण्टा पहिले
फोहोर व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन अदालतको आदेश फोहोर व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन अदालतको आदेश ४ घण्टा पहिले
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो ७ घण्टा पहिले
सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ २१ घण्टा पहिले
फेब्रुअरीमा पर्यटक आगमनमा झिनो सुधार फेब्रुअरीमा पर्यटक आगमनमा झिनो सुधार ३२ मिनेट पहिले
२.३७ प्रतिशले घटेको शेयरबजारमा यी १० कम्पनीका लगानीकर्ताले धेरै कमाए २.३७ प्रतिशले घटेको शेयरबजारमा यी १० कम्पनीका लगानीकर्ताले धेरै कमाए ३२ मिनेट पहिले
अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा २ घण्टा पहिले