नेपालमा जलपन्छी र चराको सङ्ख्या घट्दै
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार २०:५९:४९
९ फागुन, काठमाडौं । नेपालमा पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपन्छी र अन्य चराको सङ्ख्या घट्दै गएको छ । तालतलैया तथा सिमसार क्षेत्रवरपर विकासनिर्माण हुने तथा मनोरञ्जनस्थल बन्ने क्रमले चराहरूलाई असर परिरहेको विज्ञहरूले बताएका हुन्।
नेपालमा करिब ८८७ प्रजातिका चराहरू पाइन्छन्। तीमध्ये नौ प्रजातिका चरा लोप भएको अनि १६८ प्रजातिका चरा सङ्कटापन्न रहेको चराविज्ञ हेमसागर बरालले जानकारी दिएको बीबीसी समाचारमा उल्लेख गरिएको छ । नेपालमा पाइएका कुल चरामध्ये २०० प्रजातिका पानीमा आश्रित छन् भने करिब १२० जति जलपन्छी भनिने वेडर प्रजातिका चरा रहेको बरालले बताएका छन् ।
हालसालै नेपालका १४ वटा ठाउँमा जलपन्छीहरूको गणना गरिएको थियो। त्यसको पूरै परिणाम प्राप्त भइनसकेको तर हालसम्म उपलब्ध जानकारी अनुसार पानीमा आश्रित चरा तथा जलपन्छीहरूको सङ्ख्या भने घटेको पाइएको बरालले बताए।
खासगरी तालतलैया तथा सिमसार क्षेत्र वरपर विकासनिर्माण तथा मनोरञ्जनस्थल बन्ने क्रमले चराहरूलाई असर परिरहेको विज्ञहरूले बताएका छन्। काठमाडौंको टौदह, वाग्मती र मनोहरा नदी अनि चितवन र पोखराका विभिन्न तालसहितका ठाउँहरूमा स्वयंसेवकहरूलाई परिचालन गरेर गणना गरिएको थियो। नेपालमा पाइनेमध्ये झन्डै एकतिहाइ जलपन्छी कपिलवस्तुको जगदीशपुर तालमा भेटिन्छ। तर त्यहाँ सन् २०२० मा कुल १८ हजार जलपन्छी भेटिएकोमा सन् २०२१ मा जम्मा १२ हजारमात्र भेटिएको बरालले जानकारी दिएका छन्।
चितवनमा विगतमा ५७ प्रजातिका जलपन्छी भेटिएकोमा यसपालिको गणनामा ५५ भेटिएको तर एउटा डन्लिन भनिने पहिले नभेटिएको प्रजाति पनि फेला परेको त्यहाँको गणना संयोजन गरेका बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताएको समाचारमा उल्लेख गरिएको छ ।
नेपालमा धेरैजसो जाडो याममा चीन, मङ्गोलिया तथा रुसको साइबेरियासम्मबाट जलपन्छीहरू आइपुग्छन्। कर्याङ्कुरुङजस्ता कतिपय पक्षी भारतको गुजरातसम्म पनि पुग्ने गरेको बताइन्छ।
जलक्षेत्र, सिमसार तथा तालतलैयावरपर विकास तथा पर्यटनका नामबाट गरिने डुङ्गा विहार, भोजभतेर, वनभोज, लाउडस्पीकरको प्रयोगजस्ता गतिविधिले चराहरूलाई विघ्न पार्ने विज्ञहरूको भनाइ छ। नदीनाला, सिमसार क्षेत्रहरूमा वासस्थान विनाश हुनु, सिमसार क्षेत्रहरू घट्दै जानु र बालीहरूमा विषादीको प्रयोगले गर्दा चराको सङ्ख्या घट्दै गएको एकजना गणक राधा श्रेष्ठले बताए।
सिमसारका साथै घाँसे मैदानको क्षेत्र समेत घट्दै जानुले घाँसे मैदान र पानीमा आश्रित चराहरू सङ्कटापन्न अवस्थामा रहेको अर्का गणक चूडामणि चौधरीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढ्यो
चैत १५, २०८० बिहिबार
भरतपुर आउने पर्यटकले आजदेखि बाघ देख्न पाउने
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार