मंगलबार , फागुण २५, २०७७

जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा

जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा

९ फागुन,काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।

क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना शुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताएका छन् । आगामी बुधबारसम्म क्षमापूजा हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । वर्षौंँदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा शुरु भएको हो ।

वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ । चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो । सुनको जलहरी निर्माण पनि शुरु भइसकेको कोषले जनाएको छ । एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ ।

पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले रु ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ । सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई रु ३० करोड बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।

मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि करीब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ । रु ३० करोडबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट व्यहोर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी सर्टलिस्टमा भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी सर्टलिस्टमा १४ घण्टा पहिले
पोखरामा पहिलो पटक मुआथाइको राष्ट्रिय प्रतियोगिता र सेमिनार हुने पोखरामा पहिलो पटक मुआथाइको राष्ट्रिय प्रतियोगिता र सेमिनार हुने १२ घण्टा पहिले
आर्मीविरुद्ध ब्याटिङ गर्दै सन्दीपको टिम, यी खेलाडीले पाए मौका आर्मीविरुद्ध ब्याटिङ गर्दै सन्दीपको टिम, यी खेलाडीले पाए मौका १६ घण्टा पहिले
नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक : नेतृ कोइराला नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक : नेतृ कोइराला १६ घण्टा पहिले
कांग्रेसको “रेक्टोफीटीङ” गर्दै डा. शेखर, फागुन २५ गते दमकमा वृहत् कार्यकर्ता भेला कांग्रेसको “रेक्टोफीटीङ” गर्दै डा. शेखर, फागुन २५ गते दमकमा वृहत् कार्यकर्ता भेला १३ घण्टा पहिले
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने , प्रतिकित्ता मूल्य कति ? सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने , प्रतिकित्ता मूल्य कति ? २० घण्टा पहिले
आज थप ८९ जना कोरोना संक्रमित थपिए आज थप ८९ जना कोरोना संक्रमित थपिए १२ घण्टा पहिले
प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न, बाँकी कहिले ? प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न, बाँकी कहिले ? १२ घण्टा पहिले