शुक्रबार , फागुण १४, २०७७

दयाहाङ र नम्रताको अभिनयमा सर्ट चलचित्र वरदान

दयाहाङ र नम्रताको अभिनयमा सर्ट चलचित्र वरदान

९ फागुन, काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठको अभिनयमा सर्ट चलचित्र ‘वरदान’ बनेको छ ।चलचित्र दीपेन्द्र लामाले लेखेका हुन् भने निर्देशन पनि उनी आफैले गरेका छन् । चलचित्रको छायांकन हिजो शनिबार ललितपुरमा सकिएको बताइएको छ ।

चलचित्रमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय उठाइएको जनाइएको छ । कोसिस नेपालले निर्माण गरेको यो चलचित्र विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चलचित्र करिब २० मिनेट अवधिको हुनेछ । नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले यस चलचित्रमा अभिनय गरेका छन्।

शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठले सम्पादन गरेको यो चलचित्रमा शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । चलचित्र केही हप्तापछि सार्वजनिक हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय